default_image

6 years ago

January 9, 2020

प्रिन्स प्रेसिडेन्ट कपको सेमिफाइनलमा

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यू १९ मा पुरुष एकल तर्फ सेमिफाइनल पुगेका छन् । प्रिन्सले बिहीबार भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।


प्रिन्स सम्मिलिन मिक्स डबल्समा भने उनको जोडी पराजित भएको थियो । रसिला महर्जन र प्रिन्सको जोडी भारतका आयन रसिद र तस्निम मिरको जोडीसँग २४–२६, २१–१४ र २१–८ ले पराजित भएको थियो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको महिला एकल तर्फ निता लम्साल आफ्नै देशकी निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भइन् । निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरा संग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले हराउँदै अन्तिम चारमा पुगे ।

पुरुष एकल तर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासंग २१–७, २१–९ को सोझो सेटमा पराजित भए । सोही इभेन्टमा भारतका अभिन बशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले हराए । भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

त्रिपेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड प्रतियोगितामा रसिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भईन् । रसिला मलेसियाकी करुपथेभन लेत्शाना संग २१–१४, २१–१२ ले पराजित भइन् । यस्तै सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसंग २१–९, २१–७ ले पराजित भईन् । महिला एकल तर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले हराइन् ।

पुरुष युगल तर्फ नेपालका अमृत चौधरी र जे.बी. साउदको जोडीले आफ्नै देशका डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले हराउँदै सेमिफाइल पुग्यो । अन्य खेलमा नेपाली खेलाडी पराजित भए ।

श्रीलंकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१०ले, भारतका आर.बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै अन्तिम चारमा पुग्यो ।

मिक्स डबल्स तर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे भने जे.बी. साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडी संग २१–२, २१–७ ले पराजित हुन पुगे ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.