6 years ago
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन् । उनले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् ।

प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन् । र्याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका पाएको उनका मामा तथा प्रशिक्षक कमलेस निरौलाले हाम्रो खेलकुदलाई जानकारी गराए ।

यससँगै प्रिन्स युरोपियन राष्ट्रमा गएर बिडब्लुएफको प्रतियोगिता खेल्ने पहिलो नेपाली जुनियर खेलाडी बन्नेछन् ।
प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा रहेका छन् । दुवई जुनियर सिरिजका विजेता प्रिन्सले यि दुई सिरिजमा सातौ वरीयता पाएका छन् ।

डच जुनियर सिरिज २६ देखि १ मार्चसम्म हुनेछ । त्यसपछि उनी ४ देखि ८ मार्चसम्म हुने जर्मन जुनियर इन्टरनेसनलका लागि जर्मनी प्रस्थान गर्नेछन् । उनलाई काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याललगायतले बिदाई गरे ।
नेपाली टोली यात्राका क्रममा रहेकाले नेदरल्याण्डको हार्लिम शहरमा हुने सिरिजको म्यानेजर्स मिटिङमा भर्खरै नेदरल्यान्ड ब्याडमिन्टन एसोसिएसनबाट डच राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता प्राप्त नेपाली युवा अम्पायर अभिलास अर्यालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]