default_image

4 years ago

July 28, 2020

कपिलवस्तुको बाणगंगामा ब्याडमिन्टन ‘क्रेज’ बढ्दै

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकामा ब्याडमिन्टन बिस्तारै लोकप्रिय बनिरहेको छ । कहि अघि सम्म ब्याडमिन्टनमा पेशाकर्मीहरुको मात्र आकर्षण थियो । अहिले भने नगरका दर्जन बढी स्थानमा ब्याडमिन्टन कोर्टहरु तयार भएका छन् । त्यसबाट पनि यहाँ ब्याडमिन्टनप्रति बढ्दै गएको लगाव बुझ्न सकिन्छ । नगरका ४ नम्बर, ओदारी, गजेहडा, पिपरा, राजपुर, बोडगाउँ, बनगाई, झुँगा लगायतका स्थानमा […]

49 views

0 Bookmark

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ब्याडमिन्टन बिस्तारै लोकप्रिय बनिरहेको छ । कहि अघि सम्म ब्याडमिन्टनमा पेशाकर्मीहरुको मात्र आकर्षण थियो । अहिले भने नगरका दर्जन बढी स्थानमा ब्याडमिन्टन कोर्टहरु तयार भएका छन् । त्यसबाट पनि यहाँ ब्याडमिन्टनप्रति बढ्दै गएको लगाव बुझ्न सकिन्छ ।

नगरका ४ नम्बर, ओदारी, गजेहडा, पिपरा, राजपुर, बोडगाउँ, बनगाई, झुँगा लगायतका स्थानमा साँझ बिहान सुरक्षाकर्मी, बैङ्कर, स्वास्थ्यकर्मी, शिक्षक, पूर्व सेना, संचारकर्मी, ब्यापारी, ब्यवसायी, विद्यार्थी, युवाहरु कोर्टमा झुम्ने गरेका छन् । बनगाई, ४ नम्बर, झुँगामा रातीमा खेल्नका लागि लाइटको व्यवस्था गरिएको छ ।

कपिलवस्तुको उत्तरी क्षेत्र मुख्यतः फुटबल लोकप्रिय छ । क्रिकेट र भलिबलमा पनि युवाहरुको आकर्षण देखिन्छ । कोभिड १९ का कारण चैत ११ गतेबाट सरकारले लकडाउन गरेको थियो । जसले गर्दा समूहगत खेलहरुका लागि अभ्यास गर्न र खेल्न सम्भवन भएन । त्यसको विकल्पमा ब्याडमिन्टनमा युवाहरुको आकर्षण बढेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयुष जोशी बताउँछन् । उनी आफै पनि नियमित ब्याडमिन्टन अभ्यास गर्छन् ।

जोशीले आफू कपिलवस्तु आउँदा सुरुको अवस्था र अहिले फरक रहेको सुनाए । उनले भने ‘अहिले यहाँका युवा र पेशाकर्मीमा पनि ब्याडमिन्टन प्रतिको क्रेज देख निकै खुसी लाग्छ ।’ शारीरिक दुरी राखेर खेल्न मिल्ने भएकालेले पनि लकडाउनको समयमा ब्याडमिन्टमा धेरैको रुची बढेको जोशीको विश्वास छ ।

शौखका लागि मात्र नभइ अब विस्तारै ब्याडमिन्टनका प्रतियोगिता पनि हुन थालेका छन् । त्यसमा पनि मुख्यतः मेन्स डबल्स प्रतियोगिता बढी हुने गरेका छन् । केही अघि रोटर्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले आयोजना गरेको प्रतियोगितामा २० र कपिलवस्तु जेसिजले आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टनमा २४ जोडीको सहभागिता थियो ।

स्थानिय प्रतियोगिता बढ्दै जानु र त्यहाँ खेलाडीहरुको प्रदर्शन देखेर स्थानिय पुराना खेलाडी खडक आले दंग छन् । उनले बढी भन्दा बढी मानिसहरुले अभ्यासलाई नियमित गर्दै जाने र प्रतियोगिता आयोजना हुने हो भने राष्ट्रिय खेलाडी निस्कन सक्ने आशा राखेका छन् ।

अर्का खेलाडी झुँगाका अमर रेश्मीले पछिल्लो समयमा ब्याडमिन्टन प्रति यो क्रेज देख्दा खुसी लागेकोब बताए । उनले भने ‘ सुरु सुरुमा हामी केही साथी मात्रै खेल्थ्यौँ अहिले सबैजनाले ब्याडमिन्टन खेल्न रुची देखाउँदा उत्साहित हुन्छु । ’

स्थानिय रुपमा कोर्टहरु निर्माणको क्रम बढ्न थालेको छ । नगर भित्र पहिलोपटक ओदारीमा कभर्ड हल निर्माण गरिएको छ । त्यहाँ कभर्ड हल र अन्य स्थानमा अभ्यास गर्ने दर्जन जति टिम छन् । घरमा सामान्य रुपमा खेल्न अभ्यास गरेकाहरु पनि कोर्ट बनाउन थालेका छन् ।

नगरका विद्यालय, होटल, रिसोर्टमा ब्याडमिन्टन कोर्ट निर्माण सुरु गरिएको छ । गजेहडाको बाल माविमा २ वटा कार्ट निर्माण गरिएको छ । जहाँ बिहान साँझ ब्याडमिन्टन अभ्यास हुन थालेको छ । सानो ठाँउमा कोर्ट निर्माण गर्न सकिने र ब्याडमिन्टनले शारीरिक व्यायमका साथै मनोरञ्जन पनि भएकाले धेरैको आकर्षण बढेको खेलाडी बताउँछन् ।

खेल्नेहरुको आकषर्णसँगै खेल हेर्नेहरुको संख्या पनि पहिलाको भन्दा बढेको देखिन्छ । कोभिड १९ को कारण गरिएको लकडाउनका बीचमा २ पटकसम्म भएका नगरस्तरीय प्रतियोगिता हेर्ने दर्शकको उल्लेख साथ रहेको थियो । बाणगंगा नगरमा भएको यो ब्याडमिन्टन क्रेजले जिल्लामा उत्साह थपेको जिल्ला खेलकुद विकास समतिका पूर्व अध्यक्ष छवि रेश्मी मगर बताए ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]

March 12, 2024

पिकलबल च्याम्पियनसिपमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालले कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो । नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र […]

Success

Thank you for your time.