default_image

4 years ago

July 30, 2020

ब्याडमिन्टन विकासमा योनेक्सको भूमिका

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनको खेल सामाग्री कम्पनी योनेक्स विश्व प्रसिद्ध कम्पनी हो । नेपालीको ब्याडमिन्टन विकासमा पनि योनेक्सको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो चार वर्षयता नेपाल ब्याडमिन्टन संघले गर्ने सबै खाले प्रतियोगिता र नेपाली शीर्ष खेलाडीहरुलाई योनेक्सले प्रायोजन गर्दै आएको छ । नगद र खेलाडीहरुलाई समाग्री गरेर योनेक्सले बार्षिक रुपमा २५ देखि ३० […]

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनको खेल सामाग्री कम्पनी योनेक्स विश्व प्रसिद्ध कम्पनी हो । नेपालीको ब्याडमिन्टन विकासमा पनि योनेक्सको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो चार वर्षयता नेपाल ब्याडमिन्टन संघले गर्ने सबै खाले प्रतियोगिता र नेपाली शीर्ष खेलाडीहरुलाई योनेक्सले प्रायोजन गर्दै आएको छ ।

नगद र खेलाडीहरुलाई समाग्री गरेर योनेक्सले बार्षिक रुपमा २५ देखि ३० लाख रुपैयाँ बराबरको प्रायोजन गरिरहेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताएका छन् । ‘इन्टरनेसनल सिरिज आयोजनाका लागि ४ वर्ष सम्म बार्षिक ६ हजार अमेरिकी डलर सहयोग हुँदै आएको छ’, श्रेष्ठले भने,‘ ३० देखि ३५ शीर्ष खेलाडीलाई बर्षमा दुई पटक खेल सामाग्री र्‍याकेट, ट्रयाकसुट, ब्याग, जुत्ता लगायतका अन्य सामाग्रीहरु प्रायोजन हुने गरेको छ । आउने दिनमा सहयोग रकम अझै बढ्ने सम्भावना छ ।’

योनेक्सको सहयोगले ब्याडमिन्टनको विकास र खेलाडीको आवश्यकता पुरा गर्नका लागि निकै सहज भएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।‘ हाम्रो जस्तो सिमित साधन श्रोत भएको देशमा इन्टरनेशल सिरिज आयोजना गर्नु र खेलाडीहरुलाई त्यो अन्तर्राष्ट्रिय स्तरका खेल सामाग्री उपलब्ध गराउनु कठिन छ’, उनले थपे,‘ त्यसअर्थ हामीले योनेक्सलाई धन्यवाद दिनै पर्छ ।’ सम्झौता अनुसार संघले योनेक्सको प्रमोसन र आफुले खरिद गर्ने सामान अनिवार्य रुपमा योनेक्स कै गर्नुपर्ने छ ।

नेपालमा योनेक्सको प्रवेश

नेपालमा मात्र होइन योनेक्सले विश्वका अन्य मुलुकको ब्याडमिन्टनलाई पनि प्रायोजन गर्दै आएको छ । विशेषगरी योनेक्स ब्रान्ड एसियाको ब्याडमिन्टन पावरहाउस चीन, जापान र ताइवानमा प्रयोग भएको पाइन्छ । योनेक्सका उत्पादन विश्व भरि नै निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइसकेको योनेक्स ब्रान्डलाई राजु बास्तोलाले झन्डै ६ वर्षअघि भित्राएका थिए ।

योनेक्स कम्पनीको एसिया डिलर सनराइज हो । जसका कारण एसियामा योनेक्स सनराइज नामले प्रचलित छ । नेपालमा इनास इन्टरप्राइजेज योनेक्स सनराइजको आधिकारिक बिक्रेता हो । बास्तोला इनासका अध्यक्ष हुन् । योनेक्सकै प्रायोजनमाा संघले नेपाल ब्याडमिन्टन इन्टर नेसनल सिरिज सन् २०१६, २०१७, २०१८ आयोजना गर्‍यो ।

२०१९ मा इन्टरनेसनल च्यालेन्जको रुपमा प्रतियोगिता सम्पन्न भइसकेको छ । बिडब्लुएफ तथा ब्याडमिन्टन एसियाको क्यालेन्डर अनुसार हुने इन्टरनेसनल सिरिजमा पुरस्कार राशि १० हजार अमेरिकी डलर थियो । इन्टरनेसनल च्यालेन्जमा २५ हजार अमेरिकी डलर पुरस्कार राशी पुगेको छ । पुरस्कार राशीको ठूलो हिस्सा योनेक्सले नै बेहोर्दै आएको छ ।

इनासका अध्यक्ष समेत रहेका बास्तोलाले नेपाल ब्याडमिन्टनसँग योनेक्सलाई जोड्न पाउँदा खुसी लागेको बताएका छन् । ‘योनेक्सलाई नेपालमा चिनाउन पाउँदा हामी खुसी छौं । दुवै पक्षलाई यसले फाइदा पुगेको छ,’ उनले भने, संघलाई र राष्ट्रिय खेलाडीलाई योनेक्सले नियमित रुपमा सहयोग गरिरहेको छ ।’

योनेक्सले प्रचार प्रसारमा संघबाट सहयोगको अपेक्षा राख्नुलाई बास्तोला स्वभाविक मान्छन् । भन्छन्, ‘त्यो त सम्झौतामै उल्लेख भएको विषय हो । निश्चय पनि सहयोग गर्ने ब्रान्डको बजार विस्तारमा संघको पनि दायित्व हुन्छ । तर, त्यो हुन सकेको छैन , उनले थपे,‘ संघबाट अपेक्षा अनुसार नभएपनि संघकै केही पदाधिकारी र टेक्निकल अफिसियलबाट भने सकारात्मक उर्जा पाइरहेका छौं ।’

पछिल्लो पटक इन्टरनेशल च्यालेन्स आयोजना गर्दा २१ देशका खेलाडीको सहभागिता थियो । त्यसले योनेक्स पनि उत्साहित रहेको बास्तोला सुनाउँछन् । बास्तोला आफै नेपाली ब्याडमिन्टनको विकास चाहने शुभचिन्तक हुन् । योनेक्ससँग आवश्यक सहकार्यका लागि उनले महत्वपूर्ण भूमिका खेल्दै आएको संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । योनेक्सबाट समयमा सामान आइपुग्दाको अवस्थामा यहाँ इनासले सहयोग गर्दै आएको श्रेष्ठले सुनाए ।

संघको क्यालेन्डरमा परेका कारण जुनियर इन्टरनेशनल सिरिज, अन्नपुर्ण ब्याडमिन्टन सिरिजलाई पनि योनेक्सले प्रायोजन गर्दै आएको छ । पुष्पालाल स्मृति र्याङकिङ ब्याडमिन्टन प्रतियोगितालाई पनि योनेक्नसको निरन्तर सहयोग रेहेको छ ।

योनेक्सले संघले सिफारिस गरेको खेलाडी बाहेकलाई पनि सहयोग गर्दै आएको बास्तोलाले बताए । उनले भने ‘संघ र राष्ट्रिय खेलाडीलाई गर्ने सहयोग छदैछ । त्यसबाहेक सम्पर्कमा रहेका काठमाडौं भ्याली बाहिरका क्लब तथा खेलाडीहरुलाई सहयोग सामग्री उपलब्ध गराउँछौं । खेलाडी आफै आउँदा रित्तो हात पठाउँदैनौं । जिल्ला स्तरीय प्रतियोगितालाई सटल र नेट दिन्छौं । प्रतिभावान खेलाडीलाई पनि निशुल्क सहयोग गरिरहेका छौं ।’

नक्कली सामानको चुनौती

विश्वस्तरीय खेल सामाग्रीलाई सबैभन्दा मार नक्कली सामाग्रीले पार्ने गरेको छ । सक्कली भन्दा नक्कली सहजै बजारमा पाइन्छ । त्यसले योनेक्सलाई पनि मार पारेको छ । इनासका अध्यक्ष बास्तोला योनेक्सको नक्कली सामान बजारमा सहजै पाइने बताउँछन् । उनले अनुभव सुनाए ‘पछिल्लो समय नक्कली सामानको बिगबिगी छ । हामीसँगै ग्राहक पनि ठगिएका छन् ।’

ग्राहकहरुले सक्कली सामानको मुल्यमा नक्कली सामान किन्न परिरहेको पनि आफुले सुनेको बास्तोलाले बताए । उनले भने ‘अब त अति नै भइसकेको छ । प्रशासन गुहार्नुपर्ने बेला भएको छ । नक्कली सामान ढुवानी गर्ने र बेच्ने व्यापरीलाई कानुनी दायरामा ल्याउनेछौं ।’ बास्तोलाका अनुसार तातोपानी, केरुङ र बुटवलबाट नक्कली सामानहरु आइरहेको छ भने काठमाडौंमा आरबी कम्प्लेक्स, बौद्ध, न्युरोड, साझा भन्डारसँगै बुटवल र इटहरीमा पनि नक्कली सामान छ्यापछ्याप्ती छ ।

उनले लकडाउनकै अवधिमा सक्कली सामान विना भन्सार आइरहेको सुनाए । ‘सक्कली सामानमा पनि चौरी पैठारी देखिएको छ । जनकपुर, महेन्द्रनगर र काकडभित्ता नाकाबाट विना भन्सार सामान पास भइरहेका छ’, उनको गुनासो छ,‘ यसले हामीलाई निराश बनाएको छ । हामी बिडब्लुएफबाट मान्यता प्राप्त सामान मात्रै ल्याउने छौं । तर, नक्कली सामानले बढी दुःख दिएको छ ।’

इनासको लक्ष्य

इनासका अध्यक्ष बास्तोलाले ब्याडमिन्टन संघसँग सहकार्यलाई निरन्तरता दिदै जिल्लाको ब्याडमिन्टन विकासमा पनि सहयोग गर्ने लक्ष्य रहेको बताएका छन् । उनले खेलाडी र ब्याडमिन्टन विकासमा लागेका क्लबहरुलाई सहयोग जारी राख्ने योजना रहेको सुनाउँदै भने , ठुला ब्याडमिन्टन प्रतियोगिता काठमाडौं केन्द्रित छन् । त्यसलै आगमी दिनमा गृह जिल्ला रुपन्देहीमा ठूलो ब्याडमिन्टन प्रतियोगिता गराउने लक्ष्य छ ।’

रुपन्देहीमा आयोजना गर्ने ब्याडमिन्टनका लागि संघबाट स्वीकृति लिइसकेको जनाउँदै बास्तोलले रुपन्देही जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा केन्द्रिय संघका पूर्व उपाध्यक्ष ध्रुब श्रेष्ठसँग छलफल भइरहेको बताएका छन् । उनले भने ‘उहाँहरु सकरात्मक हुनुहुन्छ । कोभिड–१९ को असर कम हुने बित्तिकै त्यसको आयोजनामा लाग्नेछौं ।’ बास्तोला आफैं पनि ब्याडमिन्टन खेल्छन् ।

‘मैले २०१९ मा पोल्यान्डमा भेट्रान वल्ड सिनियर च्याम्पियनसिप मात्रै खेलेको छु,’ उनले थपे,‘ मलाई ब्याडमिन्टन एकदमै मनपर्छ । खेलाडी र पदाधिकारीको रुपमा ब्याडमिन्टनमा नरहेपनि खेल सामग्री उत्पादन गर्ने कम्पनीको रुपबाट निरन्तर ब्याडिमिन्टनमा जोडिरहने छु ।’

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]

March 12, 2024

पिकलबल च्याम्पियनसिपमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालले कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो । नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र […]

Success

Thank you for your time.