4 years ago
November 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) –सातौं धारा नेपालगन्ज म्याराथनको विजेताले १ लाख र हाफ म्याराथनको विजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलानमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको घोषणा गरे ।

म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ । त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।
म्याराथनको मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा अध्यक्ष ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् ।

स्कुल लेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर साझेदारी गर्न आफुहरु तयार रहेको बताउँदै यसका विजेतालाई अन्तर्राष्ट्रिय सहभागि हुन लायक खेलाडीका हकमा बर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न आफुहरु सदैव तत्पर रहेको घोषणा गरे । पत्रकारको जिज्ञासामा महाप्रबन्धक छाजेडले म्याराथनमार्फत आफ्नो उत्पादनको ब्रान्डिङमा समेत टेवा पुगेको हुँदा निरन्तर साझेदारी गरिरहेको बताए ।
आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भुमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरे । त्यसैगरी शिखर प्लाईका कार्यकारी अध्यक्ष बोथराले सातौं धारा नेपालगन्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग रहने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख गौतमले पवित्र उद्देश्य बोकेको अभियानलाई निरन्तर साथ दिने वचन दिए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले नेपालगन्ज म्याराथनको व्यवस्थापकीय बिशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं बर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए । रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले प्राविधिक हिसाबले म्याराथनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने जनाए ।
सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता (मंसिर ५ गते) को उपलक्ष्यमा आयोजना हुने नेपालगन्जम्याराथनको पहिलो संस्करण नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रो सेनाकै कृष्ण बस्नेत, तेस्रो जुम्लाका दुर्ग बुढा, चौथो नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौं सेनाका नवराज साउद र छैटौं नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका थिए ।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।
लामो समयदेखि कोरोना भाइरस कोभिड १९ का कारण सबै क्षेत्रलाई असर परेको छ । त्यसमा खेलकुद मात्रै अछुतो रहने कुरै भएन । सरकारले क्रमिक रुपमा भ्याक्सिन उपलब्ध गराउँदै गएपछि सबै क्षेत्र आफ्नो लयमा फर्कदै छन् ।यस्तो पृष्ठभूमिका वावजुद क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको सातौं संस्करण आयोजना गर्न गइरहेका छौं ।
यस पटक मंसिर ४ गते शनिबार सातौं धारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा २०६३ मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको यहाँहरुलाई विदितै छ ।
यसअघि ६ वटा संस्करणको सफलतापूर्वक आयोजनाबाट हामी उत्साहित छौं । हाम्रो अभियानलाई साथ दिन केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ । म्याराथनमा आशीर्वाद पेन्ट्स, शिखर प्लाई, फोनपे र राष्ट्रिय वाणिज्य बैंकको साथ छ । खेल पोशाक उत्पादन कम्पनी केल्मेसँग पनि म्याराथनका लागि सहकार्य भएको छ ।
नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम अनलाइन मिडिया पार्टनर रहेको छ । दैनिक नेपालगन्ज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, होटल सोल्टी, सगरमाथा सिमेन्ट, एक्सन एड, मेरो प्लानेट, कोहलपुर मोडल कलेज, इन्टरनेट प्रदायक कम्पनी भायोनेट, नेपालगन्ज ग्यालरी, क्रियटिभ बुक्स लगायत पार्टनर रहेका छन् । नीजि क्षेत्रको उत्साहजनक सहभागिता हुन नसकेपनि केही गैरसरकारी संस्थाहरुले अभिरुची दिएका छन् । राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन् । यसले हामीलाई उर्जा थपिदिएको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसै अनुसार हामीले विगत सात वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका छौ ।
नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ भन्ने हाम्रो ठम्याई हो । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । यो हाम्रो पहिल्यैदेखिको सपना हो । सद्भावको शहर नेपालगञ्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । म्याराथनले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ ।
नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । आउनुस्, सबै मिलेर यो साझा उत्सवलाई सफल बनाऔं । कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथन र हाफ म्याराथनतर्फ शीर्ष सात जनालाई नगद तथा पदकबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]