4 years ago
November 20, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपिएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेताद्वय किरण र सन्तोषीले नेपालगन्जमा उपाधि जितेका हुन् ।

किरणले निर्धाति दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेकी थिइन् । १३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै च्याम्पियन बने । १३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
दोस्रो बनेका नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेन्डमा पुरा गर्दै तेस्रो बने । आर्मीका खडक बहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेन्डमा पूरा गर्दै चौथो बनेका थिए । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए ।
गतवर्ष पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी थिइन् । साविक विजेता पुष्प भण्डारीले १ घण्टा १९ मिनेट १८ सकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा पूरा गरेकी थिइन् । कन्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहपुरकी पुष्पा खड्का सातौं स्थानमा रहिन् ।
म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरे ।
१० किलोमिटर खुल्ला (पुरुष) मा मुकेश पाल प्रथम, तिर्थ पुन द्वितिय र सन्तोषनाथ योगी तृतिय भएका छन् । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाए । ५ किलोमिटर खुल्ला (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितिय र बन्दना बुढा तेस्रो भइन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैया पुरस्कार पाए ।
५ किलोमिटर (छात्र) मा बादल कार्की प्रथम, अतुल गोडिया द्वितिय र दिपेन्द्र बोहरा तृतिय भएका छन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार पाएका छन् । ३ किलोमिटर (छात्रा) मा सविता बुढा प्रथम, मन्जिता ऐडी द्वितिय र रविना शेष तृतिय भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् ।
ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितिय र चन्द्रबहादुर कामी तृतिय भएका छन् । उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् । किड्स रन (पुरुषमा) मा जश्मन्त शाही प्रथम, रोहित सुनार द्वितिय र शिशिर थापा तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पाए ।
किड्स रन (महिला) मा जमुना पुनमगर प्रथम, समृद्धि बुढाक्षेत्री द्वितिय र रुपा विष्ट तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पुरस्कार पाएका छन् । कर्पोरेट रनमा नवराज जोशी प्रथम, डा. पुष्कर न्यौपाने द्वितिय र विष्णुबहादुर रिमाल तृतिय भए ।
विजयी खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर महतराज, महानायक राजेश हमाल, दुग्गड ग्रुपका प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरे । नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए ।
नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडमा सामेल भएका थिए ।
आयोजक क्रियटिभ ह्याण्डसले पोखरा म्याराथनका परिकल्पनाकार खड्गबहादुर रानाभाटलाई कदरपत्रले सम्मान गरेको थियो । म्याराथन धावकको विश्व साइकलयात्री पुष्कर शाहलगायतले स्कटिङ गरेका थिए । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले २५ हजार पुरस्कारबाट शुरु गरिएको म्याराथनको राशी बढाएर एक लाख रुपैया पु¥याइएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्ने काम भइरहेको बताए ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]