default_image

4 years ago

December 18, 2021

सन्तोषी र तीर्थलाई हाफ म्याराथन उपाधि

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै पहिलो स्थान हात पारे । दोस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले १ घन्टा ३ मिनेट ४९ सेकेन्डमा दुरी पार गरे ।

एपिएफका गोपीचन्द्र पार्कीले १ घन्टा ४ मिनेट २९ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । आर्मीका राजन रोकाले १ घन्टा ४ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै चौथो स्थान हासिल गरे । आर्मीकै होमलाल श्रेष्ठले १ घन्टा ५ मिनेट ५८ सेकेन्डमा दुरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

खुल्ला हाफ म्याराथन महिलामा पहिलो भएकी धादिङकी सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घन्टा १४ मिनेट १४ सेकेन्डमा पुरा गरे । एपिएफकी पुष्पा भण्डारीले १ घन्टा १७ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन् ।

आर्मीकी विश्वरुपा बुढाले १ घन्टा १९ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् । एपिएफकी विन्द्रा धनके श्रेष्ठले चौथो तथा पुलिसकी रेखा विष्टले पाँचौ स्थान हासिल गरिन् ।

हाफ म्याराथनको महिला तथा पुरुषको विजेता सन्तोषी र तीर्थले समान १ लाख रुपैयासहित ट्रफी र मेडल प्राप्त गरे । दोस्रो भएको पुष्पा र दुर्गाले समान ७५ हजार रुपैयाँ, मेडल र ट्रफी पाए । तेस्रो भएको विश्वरुपा र गोपीले ५० हजार हात पारे । चौथो भएका विन्द्रा र राजनले समान ४० हजार तथा पाँचौ भएका रेखा र होमलालले समान ३० हजार रुपैयाँ हात पारे ।

१० किमि खुल्ला पुरुषमा आर्मीका मुकेश पाल पहिलो भए । उनले निर्धारित दुरी ३० मिनेट ३९.४१ सेकेन्डमा पूरा गरे । पर्वतका अनिष थापा मगरले ३१ मिनेट ०३.९० सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे । आर्मीकै दीपक अधिकारीले ३१ मिनेट ०८.९१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

एपिएफका अजित कुमार यादवले ३१ मिनेट ५०.४८ सेकेन्डसहित चौथो स्थान हासिल गर्दा आर्मीका नरेन्द्र सिहं राउतले ३२ मिनेट ०१.२६ सेकेन्डसहित पाँचौ भए । पहिलो भएका मुकेशले ५० हजार, दोस्रो भएका अनिषले ४० हजार, तेस्रो भएका दीपकले ३० हजार, चौथो भएका अजितले २० हजार र पाँचौ भएका नरेन्द्रले १० हजार रुपैयाँ हात प्राप्त गरे ।

खुल्ला महिला ५ किमिमा पुलिसकी राजपुरा पछाई पहिलो भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४२.२ सेकेन्डमा पुरा गरिन् । जुम्लाकी राममाया बुढाले २३ मिनेट ०८.१ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी एपिएफकी फुलमती रानाले २३ मिनेट ५०.१ सेकेन्डमा दुरी पार गरिन् ।

पुलिसकी विर्सना कुमालले चौथो तथा एपिएफकी आशा राउतले पाँचौ स्थान हासिल गरिन् । राजपुराले ३० हजार, राममायाले २० हजार, फुलमतीले १५ हजार, विर्सनाले १० हजार तथा आशाले ५ हजार रुपैया हात पारिन् ।

५ किलोमिटर स्कुल ब्वाइजमा प्रकाश कठायत पहिलो, आशिष क्षेत्री दोस्रो, नागेश्वर ऐर तेस्रो, एकेन्द विक चौथो तथा विश्वराम कुँवर पाँचौ भए । उनीहरुले क्रमशः ३० हजार, २०, हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

३ किलोमिटर स्कुल गल्र्समा जुम्लाकी बन्दना बुढा पहिलो, जुम्लाकै समित बुढा दोस्रो, कालिकोटकी लक्ष्मी शाही तेस्रो, स्वयम्भुकी सोनु घतानी चौथो तथा जेसिस स्कुलकी रेस्तिना सितिकुम पाँचौ भइन् । उनीहरुले क्रमश, २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ हात पारे ।

३ किलोमिटर ह्वील चेयरमा प्रेम बहादुर विक पहिलो, कृष्ण चौधरी दोस्रो, राम काजी मिजार तेस्रो, दीपक श्रेष्ठ चौथो तथा यमी झाँक्री मगर पाँचौ भइन् । ह्वील चेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई उपराष्ट्रपति नन्द बहादुर पुन, युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

म्याराथनमा खुल्ला हाफ म्याराथान (महिला–पुरुष), पुरुष १० किमि खुल्ला, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर गरी ६ विधा समावेश गरिएको म्याराथनमा १९३६ जना धावक–धविकाले सहभागिता जनाएका थिए ।

म्याराथन दशरथ रंगशालाबाट शुरु भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुदै सोही रुट फिर्ता हुदै दशरथ रंगशालामा आएर टुंगिएको थियो । म्याराथनलाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रुपमा रहेका थिए । म्याराथनलाई नेपाल एथलेटिक्स संघले मान्यता प्रदान गरेको थियो ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.