3 years ago
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्की र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारु ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।

आइबार सम्पन्न भएको प्रतियोगितामा शिवराजले ३ स्वर्ण र १ रजत जित्न सफल भएका थिए । उनले १ सय मिटर, २ सय मिटर र ४ वाई १ सय मिटर रिलेमा स्वर्ण तथा ४ वाई ४ सय मिटर रिलेमा रजतपदक जित्न सफल भएको थियो ।
जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने । थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार रहेको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जित्न सफल भएको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो ।
३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।
प्रतियोगिताको अन्तिम दिन महिला ३ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले १० मिनेट ६.६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ८.४ सेकेन्डसहित रजत तथा कर्णाली प्रदेशकी राममाया बुढाले १० मिनेट ४९.९ सेकेन्डमा दुरी पार गर्दै कास्य हात पारिन् ।
पुरुषमा एपिएफका गोपीचन्द्र पार्कीले ८ मिनेट २९.५ सेकेन्डसहित स्वर्ण जिते । आर्मीका मुकेश पालले ८ मिनेट ३० सेकेन्डमा दुरी पार गर्द रजत तथा आर्मीकै दीपक अधिकारीले ८ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै कास्य जिते ।
४ वाई ४ सय मिटर रिले पुरुषमा आर्मीका सोम बहादुर कुमाल, जीवन थारु, प्रकाह दनुवार र राम प्रसाद थारुको टोली पहिलो भयो । एपिएफका शिवराज पार्की, आशिष चौधरी, निर प्रताप महतो र सन्जिव नेपालीको टोली दोस्रो तथा पुलिसका सहन चन्द्र शाह, अमृत बोट, ओम प्रकाश शाह र तेज बहादुर कार्कीको टोली तेस्रो भयो ।
महिलामा एपिएफकी रमिता कुमारी थारु, भागरति कुमारी थारु, कल्पना श्रेष्ठ र फुलमती रानाको टोलीले स्वर्ण जित्न सफल भयो । आर्मीकी निर्मला थापा, जयरानी थारु, सरस्वती भट्टराई र राधिका श्रेष्ठको टोलीले रजत तथा बागमती प्रदेशकी रजिना दुलाल, अन्जु खड्का, अनिता मिजार र प्रकृति सुवालको टोलीले कास्यपदक हात पारिन् ।
त्रिपल जम्प महिलामा एपिएफकी शिला चौधरी पहिलो, पुलिसकी सिमा चौधरी दोस्रो तथा आर्मीकी निर्मला थापा तेस्रो भइन् । पुरुषमा बागमती प्रदेशका भुवन महतो पहिलो, आर्मीका शेर बहादुर विष्ट दोस्रो तथा एपिएफका सलिम देवान तेस्रो भए ।
डिस्कस थ्रो महिलामा आर्मीकी सिता शाही पहिलो, लुम्विनी प्रदेशकी संगिता अधिकारी दोस्रो तथा आर्मीकी मिना बुढामगर तेस्रो भइन् । पुरुषमा आर्मीका चित्र बहादुर वली पहिलो, पुलिसका पुस्कल खड्का दोस्रो तथा एपिएफका मिलन चौधरी तेस्रो भए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]