4 years ago
August 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालले मंगलबार आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । यसै साउन महिनामा नेपालका पूर्व एथलेटिक्स खेलाडी लगायत खेलप्रेमीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएको संस्थाले आज एक कार्यक्रममाझ योजना सार्वजनिक गरेको हो ।

संस्थाका तदर्थ समितिका अध्यक्ष राजन खत्रीले यस आर्थिक वर्षका लागि चार खेलकुद प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखिएको र विस्तारै प्रतियोगिताबाहेक अन्य गतिविधि पनि अगाडि बढाउँदै लैजाने बताए । एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६, यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौडलाई वार्षिक क्यालेन्डरमा समावेश गरेको छ ।
झिल्टुङसँग एथलेटिक्स परिवारको सहकार्य रहनेछ । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवारले जनाएको छ ।
एथलेटिक्स परिवारका अध्यक्ष खत्रीले नेपाल एथलेटिक्सका अध्यक्ष लगायत पदाधिकारीलाई खवर गरेपनि उनीहरु के कारणले आउन नसकेको बुझ्न नसकिएको बताए । ‘एथलेटिक्स परिवारमा गुट, उपगुट र राजनीति केही पनि हुदैन । यहाँ नेपाली एथलेटिक्सका लामो समय योगदान दिएका पुर्व खेलाडीलगायतका टोली छन् । हाम्रो लक्ष्य नेपाली एथलेटिक्सलाई माथि उठाउने नै हो,’ अध्यक्ष खत्रीले पत्रकार सम्मेलनमा भने ।
‘हामी एथलेटिक्स संघसँगको प्रतिद्वन्द्वीको रुपमा आएका होइनौ । संघले गर्न नसकेको कामलाई हामीले हाम्रो योजनामा राखेका छौं । यस कार्यको लागि हामीलाई संघले बधाई दिनुपर्दछ । विगतमा विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अनुभव भएकाले प्रतियोगिता गर्न गाह्रो हुने छैन ।’
मंगलबार मात्रै एथलेटिक्स परिवारको सल्लाहकारमा नियुक्त भएका सुशिल नरसिंह राणाले एथलेटिक्स परिवार ड्यासमा बस्ने समूह मात्रै नभई यो एथलेटिक्सलाई माया गर्ने संगठन बनेको र यसले एथलेटिक्समा सन्जीविनीको काम गर्ने बताएका छन् ।
सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय तदर्थ समितिको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् । सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सन्जिव तुलाधरलाई मंगलबारै चयन गरिएको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]