4 years ago
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका गोपीचन्द्र पार्कीलाई नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले बिदाइ गरेको छ ।

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् । उनीसँगै प्रशिक्षकमा सन्तोष श्रेष्ठ पनि छन् ।मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे ।
त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।
त्यस्तै उनको जर्मनी बसाईंको खर्च भने जर्मन नागरिक राल्फले बेहोर्ने भएका छन् । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोर्ने भएका छन् । गोपी आबद्ध रहेको विभाग एपीएफकै प्रशिक्षक दिलमाया कार्कीको पहलमा यो सम्भव भएको हो । कार्की जर्मनीमा प्रशिक्षणमा रहँदा रहेको सम्बन्धका कारण यो सम्भव भएको थियो ।
यसबाहेक गोपीले सुदूरपश्चिमको दिनेश फाउन्डेसनबाट पनि मासिक १० हजार रुपैयाँ डाइट खर्च प्राप्त गर्दै आएका छन् । फाउन्डेसनले उनलाई अर्को ओलम्पिकको तयारीका लागि पेरिस २०२४ ओलम्पिकसम्मका लागि यो खर्च उपलब्ध गराउने बताएको छ ।

नेपालगन्ज म्याराथनको विजेता गोपीलाई नेपाल ओलम्पिक कमिटीले टोकियो २०२० मा सहभागिता पक्का रहेको भनेपनि अन्तिम समयमा उनले प्रतिस्पर्धा गर्न पाएका थिएनन् । एनओसीले भने आयोजकबाट नै उनको नाम युनिभर्सालिटी प्लेसेस अन्तर्गत कोटामा नपरेको बताएको थियो । उनको स्थानमा अन्तिम समयमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।
टोकियोमा सहभागी हुन नपाएपनि गोपीले सन् २०२४ को पेरिस ओलम्पिकका लागि आफूले मिहिनेत गर्ने बताएका थिए । नियमित प्रशिक्षणमा रहेका गोपीले बर्लिन म्याराथनमा आफ्नो व्यक्तिगत कीर्तिमान सुधार्ने लक्ष्य राखेका छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]