January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । महिला दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले दोस्रो, चौथो र पाँचौ सेटमा जित हात पार्दै खेल जितेको हो । पुलिसले पहिलो र तेस्रो […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा आज सुरु पाँचौं टाइगर कप भलिबलमा विभागीय टोली एपिएफ क्लबले पुनरागमन जित हासिल गरेको छ । महिला तर्फको पहिलो खेलमा शनिवार एपिएफले थाइल्याण्डको ट्राभल इनक्वारी क्लबलाई ३-२ ले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो । पहिलो सेट २१-२५ तथा […]
January 24, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । […]
January 21, 2025
हिमाल खरेल,बिर्तामोड मोरङको बेलबारी नगरपालिकाले झापाको कनकाईस्थित सुरुङ्गामा भएको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतको टिभिए सिक्किमलाई हराउँदै बेलबारीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । सिक्किमले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो २-२ सेट दुवै […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१-१९, २१-१० […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ। महिला एपिएफको निरुता ठगुन्ना र नेविका चौधरी जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शनिवार आफ्नै क्लबका रस्मिता दुरा र जस्ना महतोको […]