default_image

पारा खेलकुद

August 31, 2024

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

April 10, 2024

पलेशाको तयारीका लागि २ लाख बढी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]

March 17, 2024

पलेसा प्यारालम्पिक गेम्सका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […]

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]

October 24, 2023

पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […]

May 14, 2023

सृजना र कविराज नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा आइतबार नगदसहित सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई स्वागत तथा शुभकामना कार्यक्रमको अवसरमा पारा खेलाडी सृजना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मानित गरेको हो । संघले खेलाडी सृजनालाई १ लाख रुपैया र […]

April 6, 2023

आर्मी र डब्लुडब्लुबिएलाई बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – इन्टर भ्याली ह्विलचेयर बास्केटबलको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ वुमन्स ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन् । नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकै नै रोमाञ्चक फाइनलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४–३३ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिलो क्वाटरमा […]

March 27, 2023

नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टोली व्हीलचेयर क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पराजित भएको छ । नेपाल सोमबार भारतसँग ४ विकेटले पराजित भएको हाे । भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट […]

February 25, 2023

सिर्जना र कविराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ । डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) […]

Success

Thank you for your time.