default_image

एसियाड

October 1, 2023

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […]

October 1, 2023

कबड्डीले पदक ल्याउने सम्भावना

सुबास हुमागाईं, हाङ्गचौ एसियाली खेलकुदको १९ औं संस्करण औपचरिक रुपमा सुरु भएको नवौं दिन आइपुग्दा नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन । एकपछि अर्को खेल सकिंदा नेपालले जितकै लागि पनि संघर्ष गर्नुपरेको छ । पदक आशा गरिएका परम्परागत स्रोत तेक्वान्दो र बक्सिङ यसपटक पुन: खाली हात फर्कंदा नेपालको पदक सम्भावना पातलिएको हो । तर […]

October 1, 2023

‘छैटौं छक्का हानेपछि अब रकर्ड बन्न सक्छ लागेको थियो’ – दीपेन्द्र

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी इनिङ खेल्दा सुरुवाती ६ बलमा ६ छक्का हानेपछि कीर्तिमान बन्न सक्ने मनमा लागेको बताएका छन् । दीपेन्द्रले मंगोलियाविरुद्ध मात्रै ९ बलमा ५० रन पूरा गरेका थिए । विश्व क्रिकेटको कुनैपनि खेलमा बनेको त्यो सर्वाधिक छिटो अर्धशतक हो । आइतबार माल्दिभ्सलाई हराएपछि दीपेन्द्रले […]

September 30, 2023

एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् । शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए । दीपकले आफ्नै […]

September 30, 2023

एसियाडमा महिला भलिबल टोलीको हार

हाङ्गचौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो पहिलो खेलमा पराजित भएको छ । भियतनामसँग शनिबार भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो । पहिलो सेटमा कमजोर प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो र तेस्रो सेटमा भने प्रदर्शन सुधार गरेको थियो । पहिलो पटक एसियाड खेलको […]

September 30, 2023

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । शनिबार विहान हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै […]

September 29, 2023

सोम र सन्तोषीको औसत प्रदर्शन

हाङ्गचौ (हाम्रो खेलकुद) – धावकद्वय सोमबहादुर कुमाल र सन्तोषी श्रेष्ठले १९ औं एसियाली खेलकुद अन्तर्गत आ-आफ्नो विधामा शुक्रबार औसत प्रदर्शन गरेका छन् । दुवै खेलाडी आफ्नो नाममै रहेको राष्ट्रिय कीर्तिमानबाट टाढा रहे । हाङ्गचौ ओलम्पिक रंगशालाको गर्मी साँझमा पुरुष ८ सय मिटरमा प्रतिस्पर्धा गरेका सोम दोस्रो हिटमा पाँचौ भएका थिए । उनले ४८.६८ सेकेन्डमा निर्धारित […]

September 29, 2023

नेपाल एसियाड पब्जीको सेमिफाइनलमा

सुबास हुमागाईं, हाङ्गचौ १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको समूह सी मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो ।  नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि […]

September 28, 2023

पुरुष ब्याडमिन्टन र पब्जी अघि बढे, बाँकीमा लगातार हार

हाङ्गचौ (हाम्रो खेलकुद) – ई-स्पोर्ट्सतर्फ पिस एलिट एसियन गेम्स (पब्जी) र ब्याडमिन्टनमा पुरुष टिम आ-आफ्नो खेलमा अघि बढ्दा १९ औं एसियाली खेलकुद अन्तर्गत विहीबार नेपालको पदकविहिन यात्राले निरन्तरता पाएको छ । गल्फ विहान साढे ६ बजे सुरु भएको महिला गल्फमा नेपालका कश्मिरा शाह र सुस्मा सिग्देलले बिर्सनलायक प्रदर्शन गरे । सुष्मा १६ ओभर स्कोरसहित ३६ […]

September 28, 2023

एसियाडमा नेपाल बंगलादेशको सामना गर्दै

हाङ्गचौं (हाम्रो खेलकुद)– चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आज नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको सामना गर्दैछ । समूह ‘डी’मा यि दुबै टालीले अन्तिम खेलमा एकअर्काको सामना गर्दैछन् । दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लागि हुनेछ । खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली […]

Success

Thank you for your time.