default_image

एसियाड

October 5, 2023

एसियाको भारोत्तोलनमा विशालको कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद )- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को भारोत्तोलनमा नेपाली विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३ सय १ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे । यसअघि […]

October 5, 2023

एसियाड कराते : कातामा नेपालको चुनौती समाप्त

सुबास हुमागाईं, हाङ्गचौ १९ औं एसियाली खेलकुद अन्तर्गत करातेको कातातर्फ नेपालको चुनौती सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण पार गर्न नसक्दा नेपालको कातामा चुनौती सकिएको हो । सोनिमले पुल २ मा पाँचौ स्थान हासिल गर्दा दोस्रो चरणमा स्थान बनाउन सकेनन् । हरेक पुलबाट शीर्ष ४ खेलाडी अर्को चरणमा […]

October 4, 2023

गोपीको व्यक्तिगत प्रदर्शनमा सुधार

हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो । उनले सन् २०१९ मा […]

October 4, 2023

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक पक्का

सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]

October 3, 2023

एसियाड ब्याडमिन्टन – रसिला प्रिक्वाटरफाइनलमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनकोको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बिन्जियाङ जिम्न्याजियममा मंगलबबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउन्दै रसिला अघिल्लो चरणमा पुगेकी हुन् । रसिलाले १५ मिनेटमै खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । मंगलबार नेपालले […]

October 2, 2023

एसियाड-ब्याडमिन्टनका दुई इभेन्टमा नेपाल प्रिक्वार्टरमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौं जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो । बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ […]

October 2, 2023

एकै इभेन्टमा दुई धावकलाई स्वर्ण!

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १ सय १० मिटर हर्डल्समा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । एकल प्रतिस्पर्धा भएपनि दुवै खेलाडीले एकै समयमा निर्धारित दुरी पूरा गरेपछि दुवै खेलाडीले स्वर्ण पदक प्राप्त गरे । कुवेतका याकुब अलिऔहा र जापानका शुन्या ताकायामाले १३.४१ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए […]

October 2, 2023

सरकारको प्राथमिकतामा नपरेपछि धर्मशाला बसेर प्रशिक्षण गरेको कबड्डी

सुबास हुमागाईं, हाङ्गचौ नेपाली महिला राष्ट्रिय कबड्डी टोलीले सोमबार हाङ्गचौस्थित साओसान ग्वाली स्पोर्ट्स सेन्टरमा बंगलादेशलाई पराजित गर्दै इतिहास रच्यो । एसियाली खेलकुदको पहिलो सहभागिताको पहिलो खेलमा नै जित हासिल गर्नु सहज हुँदैन । तर भाग्यले साथ दिएको कबड्डी टोलीलाई समूह चरणमा इरान र बंगलादेश प्रतिद्वन्द्वी पर्यो । त्यसो त एसियन गेम्सको सुरुवातमा कबड्डीबाट नेपालले पदकको […]

October 2, 2023

एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का

सुबास हुमागाईं, हाङ्गचौनेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्जिय पदक जित्ने सम्भावना बलियो भएको छ । दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१-१६ ले अगाडि रह्यो। समूहको अर्को खेलमा इरानले […]

October 1, 2023

आर्चरीमा चारै खेलाडी अघिल्लो चरणमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत आर्चरीको पहिलो दिन आइतबार नेपालका चारै खेलाडीले प्रतिस्पर्धा गरेका छन् । महिलामा इमायुङ राई र मन्जु बजगाई तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० […]

Success

Thank you for your time.