default_image

एसियाड

September 26, 2023

इरानलाई एसियाडको पुरुष भलिबलमा स्वर्ण

हाङ्गचौ (हाम्रो खेलकुद) – इरानको पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुदमा स्वर्ण पदक जितेको छ । घरेलु टोली चीनलाई स्तब्ध पार्दै गत संस्करणको विजेता इरान यसपटक पनि च्याम्पियन बन्न सफल भयो । हाङ्गचौस्थित लिनपिङ्ग स्पोर्ट्स सेन्टरमा भएको फाइनल खेलको पहिलो सेट चीनले जितेपनि इरानले त्यसपछि पुनरागमन गर्दै ३-१ को जित हासिल गर्यो । […]

September 26, 2023

रग्बीको सबै खेलमा हार, अंकको ठूलो भार

सुबास हुमागाईं, हाङ्गचौ १९ औं एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच भएको ९-१३ स्थान निर्धारण गर्न भएको प्रतिस्पर्धा समेत सबै खेलमा हार बेहोरेको छ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन मंगलबारसम्म नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्यो । यसक्रममा नेपाली टोलीले जम्मा १ ट्राइ […]

September 25, 2023

जापानसँग नेपालको फराकिलो हार

वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ अ‍ोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानको युवा […]

September 24, 2023

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै श्लिषाको राष्ट्रिय कीर्तिमान

सुबास हुमागाईं, हाङ्गचौ, चीन सुटर श्लिषा भण्डारीले १९ औं एसियाली खेलकुद अन्तर्गत १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी छिन् । १९ वर्षीय श्लिषाले आइतबार फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान ओलम्पियन कल्पना परियारको नाममा रहेको थियो । कल्पनाले […]

September 24, 2023

एसियाडको व्यवस्थापक नियुक्तिबारे खेल संघ नै बेखबर

सुबास हुमागाईं, हाङ्गचौ, चीन एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड चीनको हाङ्गचौमा शनिबार औपचारिक उद्घाटनसँगै सुरु भएको छ । २ सय ५३ खेलाडीसहित इतिहासकै सबैभन्दा ठूलो टोली पठाएको नेपालको खेल व्यवस्थापक छनोटलाई लिएर भने ठूलो प्रश्न खडा भएको छ । सम्बन्धित खेल संघलाई कुनै जानकारी नदिई कतिपय खेलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी तथा […]

September 24, 2023

तेक्वान्दोका प्रेम पदकबाट चुके

सुबास हुमागाईं, हाङ्गचौ तेक्वान्दोका प्रेमबहादुर लिम्बु नेपाललाई १९ औं एसियाली खेलकुदमा पहिलो पदक दिलाउनबाट चुकेका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएसँगै उनी पदकबाट बन्चित भएका हुन् । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने भएपनि प्रेम पराजित हुन पुगे । प्रेमले त्यसअघि अन्तिम […]

September 23, 2023

भव्य उद्घाटनसँगै एसियाली खेलकुदको औपचारिक सुरुवात

सुबास हुमागाईं, हाङ्गचौ हाङ्गचौस्थित ओलम्पिक रंगशालामा झन्डै १ घण्टा चलेको अधिकारिक कार्यक्रम र २५ मिनेट लामो विविध प्रदर्शनीले चीन विश्व खेलकुद मात्र नभएर प्रविधि र प्रस्तुतिमा कुन स्तरमा छ भन्ने पुष्टि गरेको छ । वातावरणमा हुने असरलाई ध्यानमा राख्दै यसपटक उद्घाटन समारोहमा कुनै किसिमको आतिशबाजी भएन । प्रविधि र खेलकुदको मर्मलाई एकसाथ प्रस्तुत गर्ने प्रयासमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

September 23, 2023

टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित […]

September 22, 2023

एसियाडमा अनुभव बटुल्दै भलिबल रेफ्री चौलागाईं 

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं  चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा […]

Success

Thank you for your time.