default_image

एसियाड

September 22, 2023

वीर र निमाले एसियाड उद्घाटनमा नेपालको झन्डा बोक्ने

हाङ्गचौ (हाम्रो खेलकुद) – सागका स्वर्ण पदकधारी खेलाडीद्वय वीर बहादुर महरा र निमा घर्ती मगरले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको झन्डा बोक्ने भएका छन् । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुदमा उसुतर्फ स्वर्ण पदक जितेकी निमा र १३ औं सागमा तेक्वान्दोमा स्वर्ण जितेका वीरले उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा बोक्ने […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

September 22, 2023

टेबल टेनिसमा हार, रुविनले जापानी खेलाडीविरुद्ध‌ सेट जिते

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अ‍ौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर […]

September 22, 2023

एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]

September 21, 2023

थ्री बाई थ्री बास्केटबल टोलीलाई नेबा र लिङको विदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केबल संघ (नेबा) र राष्ट्रिय बास्केटबल टोलीको प्रायोजक लि निङले संयुक्त रुपमा १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली थ्री बाई थ्री महिला टोलीको विदाई गरेको छ । सोही अवसरमा लि निङको जुत्ता, जर्सी र अन्य किट्स टोलीकी कप्तान श्रेया खड्का, गरिसा सिलवाल, मिना गुरङ, रिन्चेन मोक्तान तथा प्रशिक्षक […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

एसियाड भलिबल : पुरुष टोली बहराइनसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो खेलमा हार बेहोरेको छ । पुल बी को पहिलो खेलमा बहराइनसँग नेपाल ३-१ ले पराजित भएको हो । पहिलो सेटमा नेपालले २५-२० को जित निकालेपनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५-२० ले पछि परेको […]

September 18, 2023

महिला फुटबल एसियाड खेल्न प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाड अर्थात् एसियाली खेलकुदमा सहभागी हुने २२ सदस्यीय नेपाली महिला फुटबल टोली चीनतर्फ प्रस्थान गरेको छ । चीनको हाङझावमा हुने एसियाली खेलकुदको १९औ संस्करणमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । निकै विवाद पश्चात उनी प्रशिक्षकको भूमिकामा आएका थिए […]

September 14, 2023

एसियाड जाने खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने खेलाडीको बिदाई गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका हुन् । असोज ६ गतेदेखि सुरु हुने एसियाडको उद्घाटनमा आफू पनि सहभागी हुने प्रधानमन्त्री दाहालले बिदाई कार्यक्रमको अवसरमा जानकारी गराए । त्यो क्षण आफ्ना […]

September 11, 2023

घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ । एनओसीका […]

Success

Thank you for your time.