default_image

राष्ट्रिय खेलकुद परिषद्

July 18, 2019

कराँते टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक […]

July 18, 2019

सदस्यसचिव सिलवाललाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाललाई स्वागत गर्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच खेलाडीलाई स्वागत गर्दै अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन […]

July 17, 2019

पोखरा रंगशाला निर्माण कम्पनीसँग छलफल

काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र […]

July 17, 2019

एसिया कप इन्डोर हक्कीमा महिला टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा महिला टोली विजयी भएको छ  । थाइल्यान्डको चोनबुरीमा बुधबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले फिलिपिन्समाथि ३–२ को पुनरागमन जित निकालेको हो । च्याम्पियनसिपमा पहिलो जित निकालेको हो । नेपाल यसअघि समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ८–० ले तथा उज्बेकिस्तानसँग ९–० ले पराजित भएको […]

July 16, 2019

राष्ट्रपति रनिङशिल्डमा प्रदेश ५ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)-११औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा प्रदेश ५ च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न भएको रनिङशिल्डमा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जितेर च्याम्पियन बनेको हो  । १ नम्वर प्रदेश १३ स्वर्ण, १३ रजत र २० कास्य जितेर दोस्रो भयो । १२ स्वर्ण, ८ रजत र १३ कास्यसहित सुदूरपश्चिम प्रदेशले […]

July 16, 2019

१३ औं साग अघि एनओसीमा नयाँ नेतृत्व – ४ संघलाई मताधिकार दिने प्रस्ताव अस्वीकृत

प्रकाश तिमल्सिना काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा नेपाल ओलम्पिक कमिटि (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको निर्वाचन दुई महिना पछि हुने भएको छ । एनओसीको गत साता बसेको कार्य समिति बैठकले ४ वर्षे कार्यकालका लागि सेप्टेम्बरमा निर्वाचन तय गरेको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । […]

July 15, 2019

‘सागलाई सफल बनाउन सबैले प्रयास गरौं ’

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भौतिक पूर्वाधार निर्माण गति सुस्त भएपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सागलाई सफलत बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन् । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना गर्ने तय छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित […]

July 14, 2019

भलिबलमा गण्डकीको दुवै टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल […]

July 14, 2019

एथलेटिक्समा दुई कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । संगीताले ३२ वर्षअघि २०४४ मा सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् । ४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले […]

July 14, 2019

ब्याडमिन्टन टोलीले अमेरिका र चीनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिका र चीनमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई आइतबार बिदाइ गरियो । दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे । अमेरिकाको क्यालिफोर्निमा जुलाई १७ देखि २१ तारिखसम्म हुने सिलिकन भ्याली अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा साजनकृष्ण ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा लवभक्त […]

Success

Thank you for your time.