default_image

राष्ट्रिय खेलकुद परिषद्

July 14, 2019

फरवार्ड भरत र कराते टोलीको थाइल्यान्डमा भेटघाट

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा भाग लिइरहेका नेपाली राष्ट्रिय कराते टोली र राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासबीच आइतबार भेटघाट भएको छ । च्याम्पियनसिपको अन्तिम दिन कराते टोलीलाई भेट्न भरत आयोजना स्थल पुगेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान एवंम राष्ट्रिय टोलीका उपकप्तान भरत सैन्य तालिमका लागि जेठ ३२ गते थाइल्यान्ड प्रस्थान […]

July 13, 2019

सदस्य सचिव सिलवाल कृत्रिम मैदानको विपक्षमा !

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक हुनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा एस्ट्रो तर्फ ( कृत्रिम घास) राख्ने चर्चाकाबीच सिलवालले त्यसका विपक्षीमा मत राखेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना स्थल मध्येको एक र नवौं राष्ट्रिय खेलकुदको […]

July 12, 2019

बेसबल टोली श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – चौधौं बीएफए वेस्ट एसियन बेसबल कपमा सहभागी हुन २२ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली शनिबार श्रीलंका जाँदै छ । प्रतियोगिता जुलाई १५ देखि २० तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुँदैछ । खेलाडीमा इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, […]

July 12, 2019

नेपालले इन्डोर एसिया कप हकी खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा आयोजनामा हुने एसिया कप इन्डोर हकी च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । नेपालको महिला र पुरुष दुवै टोलीले च्याम्पियनसिपमा भाग लिनेछन् । थाइल्यान्डको चोनबुरीमा जुलाई १५ देखि २१ सम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहने बताइएको छ । नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा […]

July 8, 2019

सिलवाल राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै उनलाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयपछि मन्त्री विश्वकर्माबाट आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले […]

July 7, 2019

सिलवाललाई राखेपको सदस्य बनाउन भलिबल संघको सिफारिस !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव बन्ने तयारीमा रहेका रमेश सिलवाललाई नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तीका लागि सिफारिस गरेको छ । संघको आइतबार बसेको कार्य सम्पादन समितिले सिलवाललाई सदस्य बनाउन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई सिफारिस गर्ने निर्णय गरेको श्रोतले बताएको छ । अबको केहि घन्टामा परिस्थिति बदलिएन […]

July 7, 2019

राखेप सदस्य सचिवमा सिलवाल आउने !

काठमाडौं (हाम्रो खेलकुद )- राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल असार ९ गते पूरा भएपछि राखेप सदस्य सचिवको पद रिक्त थियो । प्रधानमन्त्री केपी ओलीका निकट मानिने सिलवालले मंगलबार पदभार ग्रहण गर्ने श्रोतले बतायो  । सिलवाललाई प्रधानमन्त्री, उप-प्रधानमन्त्री र खेलकुद मन्त्रीले नै […]

July 3, 2019

कुस्ती विवाद उत्कर्षमा : ‘लिखित सहमति भएकै छैन’ – राणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको संयोजक पिताम्वर तिम्सिनाले अस्तित्वमा रहेका दुई संघको सहमतिमै राजमोहम्मद अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन गरिएको गत सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । तर, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको पहलमा दुई संघहरु मिलाएर अघि बढ्ने […]

July 1, 2019

विवादबीच कुस्ती संघ पुर्नगठन, अदालत जाने राणाको तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ । राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । […]

June 29, 2019

नेटबलको अध्यक्षमा नागर्जुनका मेयर बस्नेत

काठमाडौं (हाम्रो खेलकुद) – मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेटबल संघको केन्द्रिय समिति शनिबार निर्विरोध चयन भएको छ । संघको दोस्रो साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर बस्नेतलाई निर्वारोध अध्यक्ष निर्वाचित गरेको हो । उपाध्यक्षमा महेश नेपाली,अनिता बिन्दु,राजु बमनु,जनक प्रसाद न्यौपाने र शैलेन्द्र चीलुवाल चयन भएका छन् । महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा […]

Success

Thank you for your time.