September 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए […]
September 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो । यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै […]
September 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित एनओसीका ४ जना कोराना भाइरस कोभिड–१९ संक्रमणमुक्त भएका छन् । एनओसीको शनिबार बसेको भर्चुअल बैठकमा महासचिव श्रेष्ठ र ३ जना कर्मचारी कोरोना मुक्त भएको जानकारी गराइएको थियो । साउन तेस्रो साता नै एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । अर्को पटकको […]
August 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोराना भाइरस कोभिड १९ संक्रमणको पुष्टी भएको छ । साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीमा नियमित गइराख्ने पदाधिकारी र अन्य कर्मचारी गरि २० जनाको स्वाब टेष्ट गरिएको थियो । त्यसमध्ये […]
August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । गत बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा गरिएको परिक्षणमा स्वाब दिएकामध्ये एक महिला र एक पुरुष कर्मचारीको पोजेटिभ रिपोर्ट आएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनीहरु दुवै जना अहिले घरमै सेल्फ आइसोलेसनमा बसिरहेका छन् । […]
August 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा २०१९ डिसेम्बरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग गरेको भेटिएको अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् । ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका महबुब […]
August 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतको नेपाल ओलम्पियन संघलाई क्रियासिल बनाउन पहल सुरु गरेको छ । संघ कार्यसमिति अस्तित्वमा रहेपनि एनओसी आफैले निर्वाचनको प्रयोजनको लागि नाम दर्ता गर्न ओलम्पियनहरुका नाममा बिहीबार सूचना जारी गरेको छ । तत्कालिन उपाध्यक्ष प्रविण तुलाधर कार्यवहाक अध्यक्ष रहेको समितिमा संगिना वैद्य उपाध्यक्ष, पुष्पराज ओझा महासचिव, मुकुन्द […]
July 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)— नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो । एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन् । एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि […]
July 8, 2020
प्रकाश तिमल्सिना, काठमाडौं खेलकुदमा पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिव नियुक्तिको विषय चर्चामा छ । निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालको बिहीबार बस्ने मन्त्रीपरिषद बैठकबाटै पुनः नियुक्ती हुने भन्ने चर्चा पनि छ । तर, राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य […]