July 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतमा रहेको २७ राष्ट्रिय खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे बुधबार भएको छलफलले संघलाई आफ्नै नियम बनाउन निर्देशन दिएको हो । एनओसीले संघहरुलाई १५ अगस्ट भित्र संघले एन्टी डोपिङ नियम बनाएर […]
May 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् । पदक विजेता खेलाडीलाई सरकारले गत […]
May 14, 2020
प्रकाश तिमल्सिना, काठमाडौं देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । तर साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटै चेक बाउन्स भएको खुलासा भएको छ । भारतीय कम्पनी […]
April 17, 2020
प्रकाश तिमल्सिना, काठमाडौं भौतिक पूर्वाधार निर्माण र खेलकुदका विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई अहिले पनि स्मरण गरिन्छ । पन्चायतकालमा झन्डै एक दशक खेलकुदको मुख्य जिम्मेवारी रहँदा शाहले खेलकुद विकासलाई गति दिएको, खेलकुदलाई अनुशासित र मर्यादित बनाउने प्रयास गरिरहेका खेलकुदका पुराना पुस्ताका खेलाडीले अहिले पनि उनलाई याद गर्ने […]
April 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोराना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिइरहेकोले सम्भावित संक्रमणलाई फैलन नदिनका लागि सरकारले लकडाउन गरेको १६ दिन भइसकेको छ । वैशाख ३ गते सम्मका लागि सरकारले लकडाउन निरन्तर रहने घोषणा गरिसकेको छ । यस्तोमा नेपालमा लकडाउन अघिबाटै घरेलु खेलकुदका सबै गविविधि स्थगित भइसकेको थियो । यस्तो पृष्ठभूमिमा नेपाल ओलम्पिक कमिटी […]
April 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोडिभ १९ का कारण सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखाएको छ । राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के […]
March 30, 2020
एजेन्सी – जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको मिति तय भएको छ । यो वर्ष आयोजना हुनुपर्ने ओलम्पिक विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीका रुपमा देखिएपछि ओलम्पिक एक वर्षका लागि सारिएको थियो । नयाँ मिति अनुसार सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सोमबार […]
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ […]
March 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा अनुभवी डाक्टरहरुले कोरोना लाग्न नदिनको लागि सुरक्षा उपायबारे प्रकाश […]
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]