default_image

एसोसिएसन

July 24, 2021

ओलम्पिक : सरस्वती र प्रशिक्षक श्रेष्ठ टोकियो जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा […]

July 23, 2021

टोकियो ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 20, 2021

‘ओलम्पिकमा भाग लिन नपाउँदा कराते परिवार निराश’

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा कराते समावेश हुँदा नेपाली खेलाडीले त्यसमा भाग लिन नपाउँदा निराशा हुनु स्वभाविक भएपनि आउने प्रतियोगिताका लागि तयार रहनुपर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् । कराते पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । सोही ओलम्पिकलाई लक्षित गर्दै २ खेलाडीलाई आन्तरिक तयारीमा राखिएको पनि थियो । तर, कोरोना महामारी र […]

July 19, 2021

ओलम्पिक : अन्यायमा परेको प्रशिक्षक मल्लको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिक जाने तयारीमा रहेकी इन्द्राकुमारी मल्लको शनिबारको कोरोना रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्तीमार्फत जानकारी दिएको थियो । सोही विज्ञप्तीमा मल्लको ठाँउमा पहिला नै प्रारम्भिक सूचीमा (लङ लिष्ट) रहेका सन्तोष श्रेष्ठलाई सरस्वतीको प्रशिक्षकका रुपमा पठाउने निर्णय भएको पनि उल्लेख गरिएको थियो । […]

July 18, 2021

कल्पनाको ओलम्पिक निशाना

प्रकाश तिमल्सिना, काठमाडौं हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार । नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु […]

July 18, 2021

ओली लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ । २०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता […]

July 18, 2021

टोकियो ओलम्पिक – एथलेटिक्स प्रशिक्षक मल्लको सट्टामा श्रेष्ठ जाने

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]

July 17, 2021

राखेप उपाध्यक्ष कोइराला टोकियो ओलम्पिक नजाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । टोकियो ओलम्पिक जानका केहि दिनको समय बाँकी रहँदा कोइरालाले प्रेस विज्ञप्ती गर्दै आफू नजाने जानकारी गराएका छन् । कोइरालाले असार ३१ गतेको मितिमा जारी विज्ञप्तीमा व्यक्तिगत कारणले आफू सहभागी हुन नसक्ने उल्लेख गरेका छन् । टोकियो […]

July 16, 2021

सदस्यसचिव सिलवाल जापान प्रस्थान

काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् […]

Success

Thank you for your time.