default_image

एसोसिएसन

August 11, 2020

नाम दर्ताका लागि ओलम्पियनलाई एनओसीको आव्हान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतको नेपाल ओलम्पियन संघलाई क्रियासिल बनाउन पहल सुरु गरेको छ । संघ कार्यसमिति अस्तित्वमा रहेपनि एनओसी आफैले निर्वाचनको प्रयोजनको लागि नाम दर्ता गर्न ओलम्पियनहरुका नाममा बिहीबार सूचना जारी गरेको छ । तत्कालिन उपाध्यक्ष प्रविण तुलाधर कार्यवहाक अध्यक्ष रहेको समितिमा संगिना वैद्य उपाध्यक्ष, पुष्पराज ओझा महासचिव, मुकुन्द […]

August 9, 2020

राखेप पदाधिकारीलाई बक्सिङ संघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।  उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]

August 7, 2020

सिलवाललाई पहिले अवसर, अहिले चुनौति

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]

August 7, 2020

खवास र राईप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहयाक प्रशिक्षकद्वय स्वर्गिय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । तेक्वान्दोका खवास इलाम […]

August 3, 2020

राखेप बोर्ड सदस्य श्रेष्ठलाई ब्याडमिन्टनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् । संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए […]

July 30, 2020

निरौलासहित ६ जना राखेप सदस्यमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलीपल्ट बिहीबार राखेप बोर्डमा ६ सदस्य मनोनति भएका छन् । ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन् । राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका दुवै जना रिम रानाभाट र इन्दिरा निरौला सदस्य […]

July 30, 2020

सामूहिक नेतृत्वमा राखेप उपाध्यक्ष कोइरालाको जोड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त उपाध्यक्ष शिव कोइराला ज्वालाले सामूहिक खेलकुद विकासका लागि सामूहिक नेतृत्वमा जोड दिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट राखेपको उपाध्यक्षका रुपमा सपथ गरेसँगै उनले सामूहिकतामा राखेप अघि बढ्न सक्नेमा प्रण गर्ने बताएका थिए । सदस्य सचिव रमेशकुमार सिलवालले पनि सोही अवसरमा सपथ गरेका थिए । […]

July 29, 2020

पहिलो इनिङका हिट सिलवाल होलान् त फिट?

सुबास हुमागाईं, काठमाडौं रमेशकुमार सिलवालले गतवर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्त भएपछि पद तथा गोपनियताको सपथ ग्रहण गर्ने क्रममा आफ्नो मुख्य लक्ष्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै गर्नु मुख्य चुनौती रहेको बताएका थिए । सिलवालले त्यसबेला प्रण गरे अनुसारनै नेपालले भव्यताका साथ साग आयोजना मात्र गरेन, सिलवालकै दावी अनुसार ऐतिहासिक […]

July 29, 2020

सपथमा छाएका खेलकुद मन्त्रालयका सचिव थपलिया

प्रकाश तिमल्सिना, काठमाडौं देशमा जुनै पार्टीको सरकार आएपनि कर्मचारीलाई स्थायी सरकार मानिन्छ । फरक राजनीतिक आस्थाबाट आउने नेतृत्व र विधिअनुसार चल्ने प्रशासनिक क्षेत्रबाट आउने कर्मचारीबीच बेला बेला टकराव पनि हुने गरेको छ । सामन्यतया राजनीति अलि भावना बाट चल्छ भने प्रशासनले विधि विधानलाई प्राथमिकतामा राख्ने प्रयास गर्छ । स्थायी सरकारले विधिलाई पछ्याउँछ भन्ने छनक युवा […]

July 29, 2020

राखेप उपाध्यक्ष र सदस्य सचिवले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई सपथ गराएका थिए । त्यसअघि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवाललाई नियुक्त पत्र हस्तान्तरण गरेका थिए । कोइराला […]

Success

Thank you for your time.