default_image

एथलेटिक्स

April 9, 2019

सोम र अजितले एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र नेपाल एपीएफ क्लबका अजित कुमार यादवले कतारको दोहामा आयोजना हुने एशियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल एथ्लेटिक्स संघले दोहामा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने जनाएको छ । संघका […]

March 17, 2019

एथलेटिक्समा ४५ वर्षपछि अजितले दिलाए एसियाली पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्णपदक जित्दै ४५ वर्षपछि ऐतिहासिक पदक दिलाएका छन् । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन् । उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए […]

March 17, 2019

अजितलाई एसियाली युथ एथलेटिक्समा ऐतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युथ एथलेटर अजित कुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका छन् । हङकङमा आइतबार बिहान भएको स्पर्धामा अजितले निर्धारित ३ किलोमिटर दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेण्डमा पार गर्दै स्वर्ण जित्न सफल भएको हो । उनले भारतका अमित जंगिरले ६ सेकेण्डले पछि पारे । […]

March 16, 2019

झिल्टुङ क्रसकन्ट्रीमा किरण र पुष्पा च्याम्पियन, दुवैले बनाए नयाँ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपीएफका किरण बोगटी र पुष्पा भण्डारी तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिपमा नयाँ कीर्तिमानसहित च्याम्पियन बनेका छन् । नुवाकोटस्थित बेलकोटगढी वडा नम्वर ५ को आयोजनामा शनिबार भएको च्याम्पियनसिपमा किरणले आर्मीका होमलाल श्रेष्ठको तथा पुष्पाले सन्तोषी श्रेष्ठले राखेको कीर्तिमानलाई तोड्दै च्याम्पियन बनेका हुन् । करण च्याम्पियन बन्नेक्रममा एपीएफका […]

March 15, 2019

अजितले एसियाली युथ एथलेटिक्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ । प्रशिक्षकको भूमिकामा धनीराम […]

March 9, 2019

कान्छी र तीर्थलाई धरान रनको उपाधि

धरान (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजु र भारतीय सेनामा कार्यरत तीर्थ पुन आरती स्टिल धरान टेन के रन सातौ नेवपा च्यारिटीको खुल्लातर्फ च्याम्पियन बनेका छन् । कान्छी लगातार दोस्रोपटक च्याम्पियन बनेकी हुन् भने, तीर्थ लगातार चौथोपटक धरान रनको च्याम्पियन बन्न सफल भएका हुन् । तीर्थले धरान रनको निर्धारित १० किमी दूरी […]

March 3, 2019

झिल्टुङ क्रसकन्ट्री दुई सातापछि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिप चैत पहिलो साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप यही चैत २ गते गराउने जानकारी गराएको हो । लियो क्लब अफ नुवाकोट र श्री महादेव स्कुलको संयुक्त आयोजनामा हुन […]

March 2, 2019

अजित र राजपुरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् । अजितले निर्धा्रित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । […]

March 2, 2019

आर्मीका कृष्ण बस्नेतलाई म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत चौथो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् । आर्मीका धावक बस्नेतले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएका हुन् । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार समेत गरे । आर्मीभित्र भने उनले कीर्तिमान […]

February 23, 2019

पिंकाथन हाफ म्याराथनमा कान्छीको ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं पिंकाथन हाफ म्याराथनमा ह्याट्रिक उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथन हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट […]

Success

Thank you for your time.