September 27, 2024
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]
September 21, 2024
धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]
September 20, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]
September 17, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ। नाइट रनमा झण्डै ५० धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। सोही रनका लागि मंगलवार टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्। त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्। त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। […]
September 15, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]
August 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]
August 19, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गरे शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भएसँगै नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ । नेपाल सरकार र तत्कालीन […]