default_image

बास्केटबल

March 18, 2021

आरबिएलमा सधिशको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतको राजस्थान बास्केटबल लिग (आरबिएल) बागर्ड बुल्सबाट खेलिरहेका छन् । सधिशको उच्च प्रदर्शनबाट प्ररित बुल्सले बुधबार सेखावत राइडर्सलाई ६४–३५ ले हराएको थियो । जसमा सर्वाधिक १८ स्कोर गरेका सधिस खेलको प्लेयर अफ दी म्याच चुनिएका थिए । उनको टोलीको त्यो दोस्रो जित हो । ३ मध्ये […]

March 12, 2021

कप्तान सधिशले राजस्थान बास्केटबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतमा व्यसायिक बास्केटबल खेल्ने भएका छन् । भारतको राजस्थान बास्केबल लिग (आरबिएल) खेल्नका लागि सधिश शुक्रबार त्यसतर्फ जाँदैछन् । आरबिएलको आयोजकको निमन्त्रणमा त्यसतर्फ जानका लागेका सधिशले आफूले खेल्ने टोलीको टुंगो भने केहि दिनमा लाग्ने बताएका छन् । केहि दिन खेलाडीहरुको छनोट हुने बताइएको छ । […]

March 5, 2021

जेभियरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेशनल कलेजले युनिक कलेज/एकेडेमी इन्टर कलेज प्लस टु थ्रि बाई थ्रि बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुत्रबार भएको फाइनलमा जेभियरले ओभर टाइममा ह्वाइट हाउसलाई १४–१३ ले हरायो । १० मिनेटको खेलमा दुवै टोलीले १२–१२ स्कोर गरेका थिए । ११–१२ ले पछि परेको स्थितिमा जेभियरले फ्रि थ्रोमा स्कोर गर्दै फाइनललाई दुई मिनेटको […]

January 16, 2021

टिम रावत र भीएसलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टिम रावत ब्वाइज तथा भीएस गल्समा च्याम्पियन बनेका हुन् । घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ […]

January 14, 2021

सूर्योदय र डाफोडिल प्रिक्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले […]

January 13, 2021

पीएचसीए खुला सुर्योदय बास्केटबलमा ४८ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । शनिबार सम्पन्न हुने प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुवै समूहमा नगद पुरस्कार राखिएको छ । […]

October 16, 2020

आफ्नै सरकार र खेलकुदको नजरमा नपरेका टेण्डी!

प्रकाश तिमल्सिना,काठमाडौं ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए । एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । […]

October 12, 2020

लेकर्सलाई एनबीए उपाधि, लेब्रन एमभीपी

एजेन्सी – लस एन्जेलस लेकर्सले १७ औं पटक एनबीए उपाधि जितेको छ । मायमी हिटलाई छैटौं खेलमा १०६-९३ ले पराजित गर्दै फाइनल सिरिज लेकर्सले ४-२ ले जितेको हो । फाइनल्सको एमभीपी घोषित लेब्रन जेम्सले ट्रिपल डबल प्रदर्शन गरे । उनले २८ अंक, १४ रिबाउन्ड र १० असिस्टको प्रदर्शन गरे । एन्थोनी डेभिस र राजोन रोन्डोले १९-१९ अंक योगदान दिएपछि लेकर्सको जित सम्भव भएको थियो । पहिलो हाफमा नै लेकर्सले फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख देखिएको थियो […]

October 6, 2020

नयना र विकासको ‘आइसोलेसन’ अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं नयना शाक्य र विकास शाहीको जोडी नेपाली खेलकुदमा बिरलै भेटिने जोडीमा पर्दछ । बास्केटबल खेलाडी रहँदा भेट भएको यो जोडीको विवाह र त्यसपछि २ छोरा छन् । नयनाको सुरुवाती खेल पौडी हो । आ-आफ्नो खेलतर्फ राष्ट्रिय टोलीको प्रशिक्षक रहेका यी जोडीको लागि पछिल्लो दुई साता नै कष्टकर रहयो । कोरोना संक्रमणका कारण […]

September 15, 2020

ओलम्पियन नयनाका दम्पती र छोरालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो । आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि […]

Success

Thank you for your time.