December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्दै उपाधि जितेको हो । नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद […]
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विन्सम प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० […]
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लिम्पियाले बृहस्पतिलाई ४१–१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक […]
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदयले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्यो । रामेछाप जिल्ला बास्केटबलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य समूह चरणको खेलमा बृहस्पतिले विद्या विकासलाई ४३–१८, विन्समले एकता जेम्सलाई ३२–१४ र नामीले जय मल्टिपललाई ५८–२१ ले हराए । जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार च्याम्पियन बनेको छ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११–९ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक ९ अंक योगदान गरिन् । प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् […]
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित गरेको हो ।न पाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट […]
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघका उपाध्यक्ष भीम सिंह गुरुङ संघको कार्यवाहक अध्यक्ष चयन भएका छन् । लामो समयदेखि संघका अध्यक्ष लामा टेण्डी शेर्पा अस्वस्थ रहेपछि उनकै प्रस्तावमा गुरुङ मंगलबार कार्यवाहक चुनिएका हुन् । पछिल्लो निर्वाचनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । उपचारका क्रममा रहेका शेर्पा भर्चुअल र अन्य पदाधिकारीसहित ९ जनाको भौतिक उपस्थितिमा गुरुङलाई कार्यवाहक अध्यक्ष […]
July 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरी खेलकुद विकास समिति र खेल सामाग्री उत्पादक स्पेनिस कम्पनी केल्मीबीच प्रायोजन सम्झौता नविकरण भएको छ । यसअघि पुलिसको महिला र पुरुष फुटबल टोलीलाई मात्र प्रायोजन गर्दै आएको केल्मीले महिला र पुरुष भलिबल र महिला बास्केटबल टोलीलाई पनि प्रायोजन गरेको छ । प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम् नेपाल […]
March 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बास्केटबलको शीर्ष प्रतियोगिता नेपाल बास्केटबल लिग (एनबिएल) ले अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीसँग युनिभर्सिटी साझेदारको रुपमा सम्झौता गरेको छ । तेश्रो संस्करणको नेपाल बास्केटबल लिग २०७८ साल जेठ महिनाको अन्तिम सातादेखि सुरु हुँदैछ । सोहि समयमा दोश्रो संस्करणको महिला बास्केटबल लिग पनि आयोजना हुनेछ । गतवर्ष कोरोना भाइरसका कारण एनबिएल स्थगित भएको थियो । एनबिएलका प्रमुख कार्यकारी अधिकृत नमित बहादुर […]