default_image

बास्केटबल

September 6, 2017

साबा यू १६ बास्केटबल– नेपालको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको युवा टोलीले जितबाट तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ बास्केटबल च्याम्पियनसिपको सुरुआत गरेको छ । च्याम्पियनसिपको दाबेदारका रुपमा हेरिएको भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । तस्बिर :विवेक सुवेदी/हाम्रो खेलकुद नेपालले आज भुटानलाई ९६–३८ ले हराउँदै च्याम्पियनसिपमा विजयी सुरुआत गरेको हो । नेपालका लागि अभिषेक सिंहले सर्वाधिक २३ […]

Players

September 6, 2017

यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले भुटानसँग खेल्दै तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ पुरुष बास्केटबल छनोट च्याम्पियनसिपमा यात्रा सुरु गर्दैछ । दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालबाहेक सबै टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारत र बंगलादेश विजयी भएका थिए । बंगलादेशले भुटानलाई ११७–४३ ले र […]

September 5, 2017

साबा यू १६ बास्केटबल – भारत र बंगलादेशको जित

काठमाडौं (हाम्रो खेलकुद)– भारत र बंगलादेशले तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ छनोट च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन मंगलबार बंगलादेशले भुटानलाई ११७–४३ ले हराएको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो । बंगलादेशको जितमा टटलकुमार […]

Players

September 4, 2017

यु–१६ सावा बास्केटबल च्याम्पियनसिपमा ५ राष्ट्रले खेल्ने, नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाका ५ राष्ट्रको सहभागितामा यू १६ सावा पुरुष बास्केटबल च्याम्पियनसिप मंगलबार सुरु हुँदैछ । श्रीलंकाले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघले जानकारी दिएको छ । अब प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र भुटानबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुने बताइएको छ । राउन्ड […]

August 31, 2017

शेर्पालाई काम नलगाउनु भन्ने विषयमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै पनि काम नलाउनु भन्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) को निर्देशनमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उपाध्यक्ष शेर्पाले युवा तथा खेलकुद मन्त्रालयसहित ३ जनाविरुद्ध दर्ता गरेको रिट निवेदनमा चोलेन्द्र शम्शेर जबराको एकल इजिलासले […]

August 13, 2017

ग्रिनल्याण्ड र गोल्डेनपिक अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ग्रिनल्याण्ड र गोल्डेनपिक स्कुल १२ औं क्वीक्स ग्रिनल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ । दीलिप पुन मगरको ३१ स्कोरको मद्दतमा आइतबार सिनियर ब्वाईजको खेलमा ग्रिनल्याण्डले सामाखुसी बोडिङ स्कुल(सेब)लाई ५७–४१ स्कोरले आयो । सिनियर ब्वाईजको अर्को खेलमा गोल्डेनपिकले ज्ञान सिन्धुलाई ४८–३६ ले हरायो । गोल्डेनपिकका गोपाल भण्डारीले सर्वाधिक […]

August 6, 2017

नेबा प्रेसिडेन्ट कपको उपाधि गोल्डेनगेट र प्राइमलाई

काठमाडौँ (हाम्रो खेलकुद) – नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि क्रमश: गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले जितेका छन् । आइतबार भएको दुवै फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले […]

August 5, 2017

थ्री बाइ थ्री बास्केटबल सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको सहकार्य तथा ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ। सुरुको दिन महिलातर्फ क्वाटरफाइनल तथा पुरुषमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । महिलाको क्वबटरफाइनलमा प्राइम ‘ए’ ले प्राइम […]

August 3, 2017

थ्री वाईं थ्री बास्केटबल हुने

 काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय स्तरको पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार र आइतबार दुई दिन राखेप कवर्डहलमा प्रतियोगिता गराउने जानकारी गराएको हो । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी ७५ भन्दा बढी टिमको सहभागिता रहने छ । लिगकम […]

July 10, 2017

यू१८ बास्केटबलमा आयोजकको विजयी सुरुआत

काठमाडौँ (हाम्रो खेलकुद) – आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको परिसरमा भएको उद्घाटन खेलमा एन्जल्स हर्टको ब्वाइज टिमले ह्वाइट हाउस कलेजलाई ५३–३५ ले पराजित गर्यो । एन्जल्स हर्टको जितमा निकेश मगरले सर्वाधिक २२ अंक योगदान गरे […]

Success

Thank you for your time.