June 26, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीको प्रमुख समस्या ब्याटिङ हो । ब्याटिङ पक्ष्य बलियो हुने हो भने विश्व क्रिकेटमा नेपालले धेरै फड्को मार्नेमा दुईमत छैन । तर सिमित खेलाडीमा निर्भर ब्याटिङ इतिहास देखिनै टाउको दुखाईको विषय बन्दै आएको छ । पछिल्लो एक दशक नेपाली ब्याटिङ पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमा बढि निर्भर रह्यो […]
June 26, 2020
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातीको खेलमा चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो । घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो […]
June 25, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनिएरले जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग सम्झौता गरेका छन् । पीएसजीसँगको सम्झौता समाप्त भएलगत्तै म्युनिएरले क्लब छाड्ने निर्णय लिएका हुन् । फ्रान्सेली क्लबले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बाँकी रहेका खेलका लागि सम्झौता थप गर्ने प्रस्ताव अघि सारेपनि उनले त्यसलाई नकारे । जर्मन क्लबसँग उनले […]
June 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो । नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् […]
June 25, 2020
एजेन्सी – छोटो कद, लामो कपाल, अर्जेन्टिनाको सेतो र निलो धर्के जर्सी, बायाँ खुट्टाले बलमा राम्रो नियन्त्रण अनि अगाडी आएका डिफेन्डरलाई एकपछि अर्को गर्दै छलाएर अगाडी बढ्ने शैली । युवा अवस्थामा लिओनेल मेस्सीको यस्तै शैलीले विपक्षी र समर्थकमाझ छाप बसाएको थियो । तर यसपटक उक्त खेलाडी लिओनेल मेस्सी थिएनन् । उनी लुका रोमेरो हुन् । […]
June 25, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार रातिको खेलमा रियल २-० ले विजयी रहयो । खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । […]
June 25, 2020
एजेन्सी – ब्राजिलियन युवा फरवार्ड भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले बुधबार मालोर्काविरुद्ध जारि खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले […]
June 24, 2020
प्रकाश तिमल्सिना, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) का पूर्व (सिओओ) छुम्बी लामा फरक भूमिकामा क्यान फर्कने भएका छन् । उनी सदस्यका रुपमा क्यान पुन: प्रवेश गर्न लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो प्रतिनिधिका रुपमा रहेको दुई सदस्यता लामा र धर्मराज गिरीको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । यद्यपि […]
June 24, 2020
सुबास हुमागाईं, काठमाडौं विश्व क्रिकेटका शीर्षस्थ फ्रेन्चाइज लिगमा सहभागी जनाइसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका छन् । कोरोना संक्रमणको बिकराल स्थितिमा पनि सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा […]
June 24, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सन् २०२० सिजनका लागि खेलाडी ड्राफ्ट बुधबार हुने कार्यक्रम रहेको छ । कोभिड-१९ का कारण हुने भर्चुअल ड्राफ्टमा ५ सय ३७ खेलाडी सहभागी हुनेछन् । सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन […]