default_image

breaking big news

December 22, 2019

कप्तान दीपेन्द्रको अर्धशतकमा बुटवललाई मध्यम लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्ध शतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको धनगढी १९.५ ओभरमा १ सय ४० रनमा अलआउट भयो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ६१ […]

December 22, 2019

लगातार चौथो जितसँगै चितवन फाइनलनजिक

पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलनजिक पुगेको छ । विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा आइतबार जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९ औं ओभरमा अल आउट हुँदै १ सय २८ रनमा समेटियो […]

December 22, 2019

आरिफ र सन्नीको विष्फोटक ब्याटिङमा चितवनको बलियो योगफल

पोखरा (हाम्रो खेलकुद) – सिनियर टोलीका युवा ब्याट्सम्यान आरिफ शेख र भारतीय अलराउन्डर सन्नी पटेलले तल्लोक्रममा आक्रामाक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ । पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ […]

December 22, 2019

माल्दिभ्समा प्रतिभाको टिम पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी  महत्वपुर्ण सदस्य प्रतिभा मालीको पुलिस टोली माल्दिभ्स लिग भलिबलमा च्याम्पियन बनेको छ ।  शनिबार राति भएको फाइनलमा प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न […]

December 22, 2019

पीपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पारस खड्का कप्तान रहेको चितवन राइनोजले प्रदीप ऐरीको नेतृत्वमा रहेको विराटनगर टाइटन्ससँग खेल्दै छ । खेल विहान ९ बजेदेखी शुरु हुने छ । चितवन लगातार चौथो जित निकाल्दै फाइनल यात्रा बलियो बनाउन चाहन्छ । […]

December 22, 2019

लयमा फर्किएका कप्तान ज्ञानेन्द्र

भूपेन्द्र जिसी, पोखरा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटमा पछिल्लो दुई वर्ष सर्वाधिक आलोचनाको शिकार बन्न पुगे । खराब प्रर्दशन र लगातार पाई रहेको अवसर सदुपयोग गर्न नसक्नु आलोचनाको प्रमुख कारण थियो । ज्ञानेन्द्रले निरन्तर खराब प्रर्दशन गरि रहँदा टोेलीले सधैं उत्कृष्ट प्रर्दशनको आशामा मौका दिई रह्यो । टोलीले ज्ञानेन्द्रबाट आशा कहिल्यै मारेन । […]

December 22, 2019

लिभरपुल क्लब विश्वकप च्याम्पियन

एजेन्सी – युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो ।   कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लिभरपुललाई च्याम्पियन बनाउन ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्होले गरेको एक […]

December 21, 2019

अलाभेसलाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा अलाभेसलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ४-१ को सहज जित दर्ता गरेको हो । खेलको १४ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । उनले लुइस सुआरेजको पासमा पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । […]

December 21, 2019

एनआरटीलाई हराउँदै संकटा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यु रोड टिम (एनआरटी) लाई पराजित गर्दै  पहिलो जित दर्ता गरको छ । दशरथ रंगशालमा शनिबार भएको खेलमा संकटा १-० ले विजयी रहयो । पहिलो हाफमा दीपेश आलेमगरले गरेको गोल नै संकटाको जितमा निर्णायक रहयो । खेलकाे तेस्राे मिनेटमा दिपेशकाे प्रहार बाहिर […]

December 21, 2019

ड्याडीको गोलमा जावलाखेलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो जित दर्ता गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १-० ले पराजित गर्यो । खेलको दशौं मिनेटमा ड्याडी जुनियर वाम्वाले गरेको गाेलनै जावलाखेलको जितमा निर्णायक बन्यो । विदेशी सहकर्मी फाेडे फाेफानाले […]

Success

Thank you for your time.