December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डिएसपी एसएस राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीका फरवार्ड रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फाइनल खेल गुमाउने भएका छन् । नेपालले दशरथ रंगशालाम दिउँसो ३ बजे स्वर्ण रक्षाको लागि भुटानसँग खेल्दैछ । रेजिनले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड खाएपछि अन्तिम खेल गुमाउने भएका हुन् […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भुटानको यू २३ टोलीबीच मंगलबार फुटबल फाइनल पछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक रुपमा समापन समारोह हुने भएको छ । समापन समारोह अहिले सम्मकै व्यवस्थित बनाउने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन् । सागका लागि […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जितेकी छिन् । समग्रमा नेपालको लागि यो जारी सागमा ४९ औं स्वर्ण हो । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा सोमबार गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी पुनम श्रेष्ठले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ४८ अौं स्वर्ण दिलाएकी छिन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण पक्का गरेकी हुन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन् । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो । १३ औं […]
December 9, 2019
काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद)– महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद)–हरि खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा रजत पदकमा सिमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भयो । भारतका लागि बाला देवीले २ गोल गरिन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन […]