default_image

breaking big news

February 23, 2019

शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया उपाधि भिडन्तमा

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) उपाधिको लागि आज महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ : ३० पछि सुरु हुनेछ । दुवै टोली पहिलो डिपिएल उपाधिको दाउमा छन् । युवा खेलाडी दिपेन्द्रसिंह ऐरीको पहिलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने […]

February 22, 2019

रुस्लन थ्री स्टारलाई हराउँदै पारो एफसी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको पारो फुटबल क्लबले नेपालको रुस्लान थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै जिग्मे दोर्जी वाङचुक गोल्डकपको उपाधि जितेको छ । खेलको ७३ औं मिनेटमा पारोका कप्तान चेन्चोले कर्नरमा आएको पासलाई हेडरमार्फत गोल गर्दै पारोलाई अग्रता दिलाएका थिए । थ्री स्टारले त्यसपछि लगातार आक्रमण बुनेपनि गोल फर्काउन नसक्दा पराजय भोगेको हो […]

February 22, 2019

पहिलो डिपिएल जित्ने लक्ष्यमा शरद र दिपेन्द्र

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को उपाधि भिडन्तमा शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन् । शुक्रबार आफ्ना खेलाडी अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल नै बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा स्थान बनाएको हो । सिवाईसी अत्तरिया भने पहिलो क्वालिफायरमा काठमाडौंलाई ४१ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको […]

February 22, 2019

दब्बासको बलिङ एक्सन शंकास्पद – टेक्निकल कमिटी प्रमुख प्रधान

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग९डिपिएल० मा आफ्ना भारतीय खेलाडी अंकित दब्बासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौं गोल्डेन्सले क्वालिफायर खेलनै बहिस्कार गरेको छ । काठमाडौंले बहिस्कार गरेपछि स्वत महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ । डिपिएल टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधानले काठमाडौंलाई दुई खेल अगाडिनै अंकितको एक्सन बारे थाहा दिएको जनाएका छन् । […]

February 22, 2019

काठमाडौंले खेल वहिष्कार गरेपछि महेन्द्रनगर फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले बहिष्कार गरेपछि महेन्द्रनगर युनाईटेडले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल खेल्ने भएको छ । महेन्द्रनगरविरुद्ध हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिष्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनल खेल्ने भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिबन्ध लगाएको कारण आफुहरु डिपिएलको क्वालिफायर नखेल्ने काठमाडौं गोल्डेन्सका मालिक […]

February 22, 2019

काठमाडौंले डिपिएल बहिष्कार गर्यो !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल्नुपर्ने काठमाडौंले बहिष्कार गरेको छ । गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर काठमाडौंको टोली मैदान नगएर होटल जलसामा रहेको छ । भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएको कारण आफुहरु डिपिएलको क्वालिफायर नखेल्ने काठमाडौं गोल्डेन्सका मालिक रमेश शिलवालले […]

February 22, 2019

यूएईमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रको तेस्रो खेलमा यूएईलाई विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य नेपालले ओभरमा प्राप्त गर्यो । नेपालको जारी प्रतियोगितामा यो दोस्रो जित हो । कप्तान रुवीना क्षेत्रीले नटअाउट १८ र ओपनर काजल श्रेष्ठले १५ […]

February 22, 2019

नेपालको उत्कृष्ट बलिङसँगै यूएई ४१ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपालले जितको लागि ४२ रनको लक्ष्य प्राप्त गरेको छ । टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ […]

February 22, 2019

रुस्लान थ्री स्टार उपाधिका लागि पारोसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको फुन्त्सोलिङमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा रुस्लान थ्री स्टार क्लब र पारो फुटबल क्लब भिड्दैछन् । खेल नेपाली समयानुसार दिनको ३:१५ बजे सुरु हुनेछ । थ्री स्टारले भारतको युनाइटेड ब्रदर्शलाई सेमिफाइनलमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दिनेश राजवंशी, रन्जन विष्ट र बुद्ध चेम्जोङको गोलमा […]

February 22, 2019

फाइनल प्रवेशको लागि काठमाडौं र महेन्द्रनगर भिड्दै

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ः३० बजेपछि सुरु हुने खेलमा विजेता टोली फाइनलमा प्रवेश गर्ने छ । आजको विजेता टोलीले फाइनलमा शनिबार सिवाईसी अत्तरियासँग उपाधिको लागि खेल्ने छ । पहिलो क्वालिफायरमा अत्तरियासँग […]

Success

Thank you for your time.