default_image

breaking big news

February 24, 2019

प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडिस नागरिक योहान कालीनलाई दुइ वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी सुम्पिएको छ । आइतबार एन्फा परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कालीनले आगामी दुई वर्ष राष्ट्रिय टोलि सम्हाल्ने जानकारी दिए । पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

February 24, 2019

नेरीको कीर्तिमानी बलिङसँगै नेपालले हङकङलाई हरायो

काठमदौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जितमा नेरी थापाको बलिङ जितको बलियो आधार बन्न पर्याप्त रहयो । आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त […]

February 24, 2019

मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । खेलको २२ औं मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको […]

February 23, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद लाहोर पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शनिबार क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनको कसिलो बलिङका बाबजुद लाहोर ४ विकेटले पराजित भयो । सन्दीपले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै २० रन खर्चेर १ विकेट हात पारे । छैटौं ओभरमा बलिङ पाएका […]

February 23, 2019

मोफसलमा मनाङको अर्काे हार, यसपटक एपीएफको शिकार

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ । बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । […]

February 23, 2019

विक्रम चम्केपछि पुलिस फाइनलमा

दीपक न्यौपाने, बुटवल विक्रम धिमालले दुई गोल गरेपछि भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तिलोत्तोमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बुटवलमा भएको खेलमा पुलिस ३-१ ले विजयी रहयो । पुलिसका लागि विक्रम धिमालले पहिलो हाफको १५ औं मिनेटमा गोल गरेका थिए । विक्रमले नै दोस्रो हाफको ५७ औं […]

February 23, 2019

सन्नी चम्किँदा डिपिएलको उपाधि अत्तरियालाई

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन […]

February 23, 2019

रोहित पर्सिजामा पुन: अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्तामा पुन: अनुबन्धित भएका छन् । यसअघि नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै क्लबले अर्का खेलाडी लिएपनि क्लबले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो । गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट […]

February 23, 2019

रुस्लान डिपिएल फाइनल- महेन्द्रनगरले अत्तरियालाई दियो १ सय २४ रनको लक्ष्य

धनगढी(हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल खेलमा सिवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनायो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र […]

February 23, 2019

रुस्लान डिपिएल ३ फाइनल – महेन्द्रनगर ब्याटिङ गर्दै

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाविरुद्धको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ फाइनलमा महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ रोजेको छ । काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना भारतीय बलर अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो […]

Success

Thank you for your time.