default_image

breaking big news

September 8, 2018

‘ट्रफी सहित फर्कने सपना छ’ – नवयुग

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । नेपालको लागि अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि जित पक्का भएको थियो । ‘म बेन्चको प्लेयर होइन भन्ने आजको खेलमा प्रमाणित गरेको छु’ , नेपाली टोलीका फरवार्ड नवयुग श्रेष्ठले भने, ‘पाकिस्तानसँग पहिलो […]

September 8, 2018

‘फाइनलमा भारतलाई हराउने इच्छा छ’ – फरवार्ड विमल

प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका फरवार्ड विमल घर्तिमगरले साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारत भन्दा माल्दिभ्ससँग खेल्ने चाहना राखेका छन् । जित्नै पर्ने बंगलादेशविरुद्धको समूह चरणको खेलमा नेपाली टोली २–० ले जितेपछि विमलले भने, ‘म व्यक्तिगत रुपमा सेमिफाइनलमा माल्दिभ्स आओस् भन्ने चाहन्छु । फाइनलमा भारतलाई हराउने चाहना छ । मलाइ मात्र होइन हरेक समर्थक भारतलाई हराएको […]

September 8, 2018

नेपाललाई साफको सेमिफाइनल पुर्याउने महर्जन पहिलो स्वदेशी प्रशिक्षक

प्रकाश तिमल्सिना ढाका– समकालिन प्रशिक्षकमा सफलताका हिसाबले बालगोपाल महर्जन सबैभन्दा अगाडी आउछन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई २–० ले हराएपछि नेपाल गोलअन्तरका आधारमा समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । त्योसँगै महर्जन साफ च्याम्पियनसिपको इतिहासममा नेपाललाई सेमिफाइनल पुर्याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् […]

September 8, 2018

साफ सुजुकी कप – नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

प्रकाश तिमल्सिना ढाका – आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । […]

September 8, 2018

पूर्व कप्तान सागरलाई सम्झाउने विमलको गोल

प्रकाश तिमल्सिना ढाका – विमल घर्तिमगरले शनिबार साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा शनिबार बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा धेरैले पूर्व कप्तान सागर थापाको गोललाई स्मरण गरेका छन् । सागर थापाकै शैलीकै गोलमा विमलले ३३ औं मिनेटमा साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । सुनिल बललाई वाले फैजलले […]

default_image

September 8, 2018

बंगलादेशविरुद्धको अग्रता जोगाए नेपाल सेमिफाइनल पुग्ने

प्रकाश तिमल्सिना ढाका- नेपालले अब दोस्रो हाफमा अग्रता जोगाउन सके सन् २०१३ पछि पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गर्नेछ । पहिलो हाफको समाप्तीमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ । विमल घर्तिमगरले टाढाबाट फ्रिकिकमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । झन्डै ३५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई विमलले गोलमा परिणत गरेका […]

default_image

September 8, 2018

बंगलादेशविरुद्ध नेपालको अग्रता, विमलको गोल

प्रकाश तिमल्सिना ढाका- नेपालले साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा अग्रता लिएको छ । विमल घर्तिमगरले गोल गरेपछि नेपालले ३३ औं मिनेटमा खेलमा अग्रता बनाएको छ । विमलले झन्डै ३५ यार्डबाट गरेको फ्रिकिकलाई गोलकिपरले हातमा आइसकेको बल फुत्यकाएपछि गोल भएको थियो ।  विमलको जारी प्रतियोगितामा दोस्रो गोल हो । उनले पाकिस्तानविरुद्धको पहिलो खेलमा […]

September 8, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेश [लाइभ अपडेट]

नेपाल २-० बंगलादेश   नेपालको सुरुआती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास  (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । दुवै टोलीले अहिले वाम […]

September 8, 2018

साफ सुजुकी कप –पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने दबाब

प्रकाश तिमल्सिना ढाका – साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ । भुटानलाई ३–० ले हराउँदै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहका समूहका तीनै खेल हारेपछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यो नतिजापछि सेमिफाइनल पुग्नका लागि आजै साँझ हुने बंगलादेशविरुद्ध हुने समूहको अन्तिम खेलमा […]

September 8, 2018

साफ सुजुकी कप– बंगलादेशविरुद्ध भरत र नीराजन सुरुवाती ११ मा

प्रकाश तिमल्सिना ढाका– फरवार्ड भरत खवास र मिडफिल्डर नीराजन खड्का साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तर्गत बंगलादेशविरुद्धको शनिबार हुने समूह चरणको अन्तिम खेलमा पहिलो रोजाईमा परेका छन् । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी साफ सुजुकी कपमा भरतले दोस्रो र नीराजनले पहिलो पटक पहिलो रोजाइमा खेल्ने अवसर पाएका हुन् । पाकिस्तान र भुटानविरुद्धको दुवै खेलमा नीरानजले […]

Success

Thank you for your time.