June 7, 2017
सुबास हुमागाईं काठमाडौँ – जेठको दोश्रो साताबाट सुरु भएको प्रथम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह चरणका १२ खेल र सेमिफाइनल अन्तर्गतका दुवै खेल सम्पन्न भइसकेको छ। एकदिवसीय भनिएपनि प्रतियोगिताभर पुरा ५० ओभर खेलेको बिरलै देखियो। प्रतियोगितामा समूह ‘बी’ अन्तर्गतको लिग चरणको सुरुवाती ६ खेलमध्य कुनै टोलीले पनि पुरा ५० ओभर खेल […]
June 6, 2017
नेपाल ०-० भारत हाफ टाइम रिपोर्ट लाइभ हेर्न यहाँ थिच्नुहोस
June 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले दिएको २ सय […]
June 5, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलको लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका फरवार्ड कर्ण लिम्बु भने राष्ट्रिय टोलीको व्यवस्थापकलाई जानकारी दिएर बिहिबारनै झापा पुगेका थिए। एसियन कपको छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अन्तिम २०मा परेका कर्णको यस्तो व्यवहार देखेर प्रशिक्षक […]
June 4, 2017
कार्डिफ (एजेन्सी)– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो। क्रिसट्यानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । […]
June 4, 2017
कार्डिफ (एजेन्सी)– च्याम्पियन्स लिग इतिहासमा रियल मड्रिड उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । आइतबार बिहान भएको फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलको जितमा फेरी एकपटक क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । उनले २ गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको […]
June 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यमाञ्चलमाथि जित निकाल्दै नेपाल एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकसदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफले मध्यमाञ्चलमाथि ६ विकेटको जित निकालेको हो । एपिएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको थियो । यो […]
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेठ २३ गते हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नाम घोषणा गरेका छन्। फिलिपिन्स विरुद्ध एसियन कपको छनोट चरण अन्तर्गतको पहिलो खेलमा रहेका ५ खेलाडी हालको टोलीमा छैनन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुन महिनाको वरियताक्रममा नेपाल १६९औं स्थानमा पुगेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपश्चिमाञ्चल विरुद्ध सहज जित दर्ता गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित […]