default_image

breaking big news

June 1, 2017

भलिबल खेलाडी कल्याण कोषलाई अध्यक्ष शर्माको १० लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कल्याण कोषका लागि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले १० लाख रुपैयाँ प्रदान गरेका छन् । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा सरकारलाई धन्यवाद र कृतज्ञताज्ञापनका लागि बुधबार साझ संघले शंकर होटलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शर्माले १० लाख रुपैयाँको कोषाध्यक्ष सुनकेशरी मालीलाई चेक हस्तान्तरण गरेका हुन् । शर्मा […]

May 31, 2017

मनाङलाइ पराजित गर्दै आर्मीको दोश्रो चरणमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – साबिकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५–१ को फराकिले जित निकालेको हो । आर्मीलाई लगातार दोस्रो जित दिलाउन प्रिजन तामाङ, […]

May 31, 2017

पश्चिमाञ्चलको पहिलो जितमा सौरभ नायक

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सौरभ खनालले अर्धशतक पुरा गरेको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि ९५ रनको फराकिलो जित निकालेको हो । प्रतियोगितामा पश्चिमाञ्चलको यो पहिलो जित हो । पश्चिमाञ्चल पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग १६ रनले […]

May 31, 2017

आइटिटिएफको साधारण सभामा नेपालको चर्चा

काठमाडौं (हाम्रो खेलकुद)– जर्मनीको डस्सल जारी अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को साधारण सभामा बुधबार नेपाली टेबल टेनिसको चर्चा भएको छ । यसपटकको आइटिटिएफको प्रतिवेदनमा नेपालमा सञ्चालन भइरहेको युनाइटेड नेसन डेभलप्मेन्ट अफ स्पोर्टस परियोजना अन्तर्गत पारा टेबल टेनिसका बारेमा प्रकाशित गरिएको छ । हनुमान ढोकामा पारा एथलिटहरुको टेबल टेनिस खेलिरहेको तस्बिर प्रतिवेदनको मुख्य पृष्ठमा प्रकाशित […]

May 30, 2017

पुलिस र शेर्पाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड व्वाइज र शेर्पाले जावलाखेल युथ क्लबमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो । ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकाल्ने […]

May 30, 2017

सुमन र निरकलालाई एभरेष्ट म्याराथन उपाधि, अल्ट्रामा तीर्थ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ निरकला राईले जितेका छन् । यसपटक म्याराथन महिला/ पुरुष , खुला हाल म्याराथन, अल्ट्रा म्याराथन र म्याराथन (विदेशी) गरि पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । सोमबार सम्पन्न एभरेष्ट म्याराथन अन्तर्गत अल्ट्रा म्याराथन तीर्थबहादुर तामाङ ले जिते भने विदेशीतर्फ म्याराथन पोल्यान्डका पिटोर हेरकोगले […]

May 30, 2017

एकल प्रतिस्पर्धामा नेपालको यात्रा समाप्त

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सोमबारबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालको सिङ्गल्स इभेन्टमा यात्रा समाप्त भएको छ। नेपालका चारै खेलाडीले समुह चरणका सबै खेलमा हार व्येहोरेका थिए। मिक्स डबल्समा १ खेल जितेको नेपालले दोश्रो चरणमा भने हार व्येहोर्यो। मिक्स्ड डबल्स अन्तर्गत शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्गको जोडीले ट्रीनिडाड एण्ड टोबेगोका डेकस्टर […]

Ernesto

May 30, 2017

भालभर्दे बार्सिलोनाको नयाँ प्रशिक्षक

बार्सिलोना (एजेन्सी) – कोपा डेल रेको फाइनलमा अलाभेसलाई पराजित गर्दै बार्सिलोनाबाट सुखद विदाई पाएका लुइस इनरिकेको ठाउँमा बार्सिलोनाले अर्नेस्टो भालभर्देलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ । एथलेटिक बिल्बावोका पूर्व प्रशिक्षक भालभर्दे २ वर्षको सम्झौतामा बार्सिलोनासँग आबद्ध भएका छन् । इनरिके मार्च महिनामा सिजनको अन्त्यमा बार्सिलोना छाड्ने निर्णय गरेपछि बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा थियो । करिब […]

May 29, 2017

खेलकुद बजेट – पुरानैको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो चालु आर्थिक बर्षको भन्दा […]

May 29, 2017

एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० […]

Success

Thank you for your time.