default_image

नेपाल टि२० लिग

December 21, 2022

अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको कप्तानी गर्ने भएका छन् । लुम्बिनी अल स्टार्सले एक कार्यक्रम गर्दै दीपेन्द्र कप्तानमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रहेका पिटर ट्रेगोले दीपेन्द्रलाई एक कार्यक्रमकाबीच कप्तान घोषणा गरेका थिए । दीपेन्द्र नेपाली टोलीको उपकप्तान, नेपाल पुलिस क्लबको कप्तानी […]

December 21, 2022

नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

सुबास हुमागाईं/भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग सुरुहुन मात्रै दुई दिन बाँकी छ । क्यानलाई अहिले नेपाल टि२० लिग प्रतियोगिता आयोजना गर्न मर्नु वा बाच्नु सरह भएको छ । प्रतियोगिता आयोजना गर्न नसकेपछि विभिन्न वहानामा नेपाल टि२० लिग दुई पटक स्थगित भइसकेको छ । क्यान र सेभेन थ्रीको […]

December 21, 2022

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

December 21, 2022

राजाले विराटनगरबाट नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार अलराउन्डर सिकन्दार राजाले नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले एक कार्यक्रम गर्दै राजा खेल्ने जनाएको छ । राजा आजनै नेपाल आइपुगेका छन् । विराटनगर सुपर किंग्स टोलीसँग जोडि सकेका छन् । राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय २३ ओडिआई र ६६ टि२० आई खेलेका […]

December 21, 2022

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडीबाट बढीमा ८७ जना बिक्नेछन् । सबै फ्रेन्चाइज टोली अक्सनको तयारीमा छन् । आइपिएल अक्सनमा खेलाडी किन्न आफूसँग पैसापनि त्यतिनै हुनुपर्छ । यस पटक अक्सनमा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्स र हालसम्म उपाधि विहीन रोयल […]

December 20, 2022

सोमपाल जनकपुरको उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सको उपकप्तान हुने भएका छन् । मार्की खेलाडीको रुपमा रहेको जनकपुरले सोमपाललाई उपकप्तानको जिम्मेवारी दिएको छ । जनकपुरको कप्तान भने वेस्टइन्डिजका ट्रेभोन ग्रिफिथ रहने भएका छन् । जकपुरले आफ्नो जर्सी, कप्तान र विदेशी खेलाडी सार्वजनिक गरेको छ […]

December 19, 2022

अल स्टार्समा ७ विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले आफ्नो पूर्ण टोलीमा ७ विदेशी खेलाडी राखेको छ । अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गर्दा ७ विदेशी खेलाडी छन् । जसमध्य तीन भारतीय खेलाडी छन् । भारतीय यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द देखि […]

December 18, 2022

भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने

एजेन्सी – भारतीय पूर्व क्रिकेटर तथा यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । भारतीय सिनियर टोलीमा लामो समय प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले गत वर्ष सन्न्यासको घोषणा गर्दै अमेरिका लागेका थिए । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिन्थ्यो । तर भारतीय क्रिकेटमा तीव्र […]

December 18, 2022

हार्दिकले ब्याट दिएका टेक्टरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्डका युवा स्टार ह्यारी टेक्टरले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले नेपाल टि२० लिग आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । । टेक्टर वर्तमान समयका आयरल्यान्डका प्रमुख ब्याटर मध्यका एक हुन् । उनले मध्यक्रममा सानदार […]

December 17, 2022

इंग्ल्यान्डका ट्रेगो लुम्बिनीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका पिटर ट्रेगो नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनी अल स्टार्सले सामाजिक सञ्जाल मार्फत पिटर मुख्य प्रशिक्षकमा नियुक्त भएको जनाएको छ । ४१ वर्षीय पिटर इंग्ल्यान्डको सिनियर टोलीमा मौका पाउन नसकेका खेलाडीमा प्रर्दछन् । उनले २ सय २३ प्रथम श्रेणीमा १५ शतक र ५४ […]

Success

Thank you for your time.