default_image

क्रिकेट

December 14, 2020

राप्ती एक विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र तीव्र गतिका बलर कमल सिंह ऐरीको उत्कृष्ट ब्याटिङको सहयोगमा राप्तीले गौतम बुद्ध कप प्रतियोगिता लिग चरणको अन्तिम खेलमा नारायणीमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पराजित भएपनि नारायणीले उपाधिको लागि मंगलबार राप्तीसँग प्रतिस्पर्धा गर्ने छ । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको […]

December 14, 2020

किशोर र करण चम्कँदा राप्तीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र किशोर महतोको उत्कृष्ट ब्याटिङमा गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नारायणीले राप्तीलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएका छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले ओभरमा २० विकेट ८ गुमाउदै १ सय […]

December 13, 2020

प्रम कप छनोट : डडेल्धुरा र कञ्चनपुर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको दोस्रो दिन डडेल्धुरा र कञ्चनपुरले जित निकालेका छन् । डडेल्धुराले डोटीलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित निकाल्यो । कञ्चनपुरले अछामलाई एक विकेटले पराजित गर्दै पहिलो जित हात पार्यो । कञ्चनपूर विरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३९.२ ओभरमा १ सय […]

December 13, 2020

कप्तान महबुबको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशन नम्बर २ छनोटमा सप्तरीका कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् । जनकपुरमा जारी छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर समेत रहेका महबुबको उत्कृष्ट शतकको सहयोगमा सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित […]

December 13, 2020

होबार्टको लगातार दोस्रो जित

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ मा होबार्ट हरिकेन्सले लगातार दोस्रो जित हात पारेको छ । होबार्टले आफ्नो दोस्रो खेलमा आइतबार एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । […]

December 13, 2020

मेलबर्न मात्र ६० रनमा अलआउट

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको छैटौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगड्सलाई १ सय ४५ रनको फाराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको रेनेगड्स १०.४ ओभरमा ६० रनमा अल आउट हुन पुग्यो । रेनेगड्सका शन मार्स, केन रिचर्डसन् र ज्याक फ्रेजर म्याकगुर्कले […]

December 13, 2020

नेपालले यू१९ विश्वकप खेल्न एसिया छनोट जित्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ । नेपाली यू१९ टोलीले सन् २०२२ को यू१९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता […]

December 13, 2020

न्युजिल्यान्ड जिततर्फ अग्रसर

एजेन्सी – वेस्टइन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली न्युजिल्यान्ड जिततर्फ अग्रसर देखिएको छ । तेस्रो दिनको समाप्तिमा फलोअनमा परेको वेस्टइन्डिज दोस्रो इनिङ अझैं ८५ रनले पछि परेको छ । तेस्रो दिन दोस्रो इनिङमा वेस्टइन्डिज ६५.४ ओभरमा २४४-६ को अवस्थामा छ । कप्तान जेसन होल्डर ८९ बलमा ८ चौका र २ छक्का सहित ६० […]

December 13, 2020

राप्ती फाइनलमा, बागमती बाहिरियो

चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती पहिलो जितसँगै फाइनलमा पुगेको छ । आइतबार राप्तीले बागमतीलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो खेलमा बागमतीलाई सुपर ओभरमा पराजित गरेको नारायणी पनि राप्तीको जितसँगै फाइनलमा पुगेको छ । दुबै खेलमा पराजित भएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती भने बाहिरिएको […]

December 13, 2020

बाबरले न्युजिल्यान्डविरुद्ध टि२० सिरिज गुमाउने

एजेन्सी – पाकिस्तानका प्रमुख ब्याट्सम्यान तथा कप्तान बाबर आजमले न्युजिल्यान्डविरुद्धको आगमी तीन टि२० आई खेलको सिरिज गुमाउने भएका छन् । अभ्यासको क्रममा आइतबार विहान बाबरको दायाँ हातको बुढी औंलामा चोट लागेपछि टि२० आई सिरिज गुमाउने भएका हुन् । पहिलो टि२० आई सिरिज डिसेम्बर १८ मा इडेन पार्क अकल्यान्डमा हुने छ । दोस्रो टि२० खेल २० […]

Success

Thank you for your time.