September 3, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार आज साँझ ७: ४७ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यता सेन्ट किट्स आजको […]
September 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित आवश्यक पाँच पदको लागि खुल्ला आवेदन मागेको छ । क्यानले विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकको लागि कम्तिमा लेभल ३ गरेको हुनुपर्ने छ […]
September 2, 2020
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० आई विश्व वरीयतामा स्थान सुधार गरेका छन् । आइसिसीले कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको नयाँ टि२० वरीयतामा पारसले ब्याटिङतर्फ चार स्थान सुधार गरेका हुन् । यसअघि ब्याटिङतर्फ ७५ औं स्थानमा रहेका […]
September 2, 2020
एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले व्यक्तिगत कारणले यस सिजनको आइपिएल नखेल्ने भएका हुन् । मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ । […]
September 2, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० लिग मानिन्छ । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । आइपिएलमा खेलाडीले मूल्य र लोकप्रियता दुबै राम्रो पाउँछन् । फ्रेन्चाइज टि२० लिग एक मनोरञ्जन हो । यसले खेलाडीको आर्थिक अवस्था मजबुत बनाउछ । अक्सनमा सबै टोलीको आवश्कता एउटै हुन्छ भने खेलाडीले उच्च मूल्य पाउँछ […]
September 2, 2020
एजेन्सी – अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र युवा ब्याट्सम्यान मार्नस लाबुसेनले अभ्यास टि२० खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । इंग्ल्यान्डविरुद्ध समान तीन टि२० आई र ओडिआई सिरिज खेल्नु अघि आरोन फिन्च-११ बाट प्याट कमिन्स-११ विरुद्ध उत्कृष्ट शतक प्रहार गरेका हुन् । यी दुई ब्याट्सम्यानको शतकमा फिन्च-११ ले दोस्रो टि२० अभ्यास खेलमा कमिन्स-११ लाई ३२ […]
September 2, 2020
एजेन्सी– पाकिस्तानले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज बराबरीमा सकाएको छ । पाकिस्तानको जितसँगै तीन टि२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ । यस अघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । जितका लागि १ सय ९१ […]
September 2, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली नेल स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ । जमैका ट्रीनबेगो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । जमैका आन्द्रे रसेल […]
September 1, 2020
एजेन्सी – अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पालाई रोयल च्यालेन्जर्स बेंगलोर यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि टोलीमा अनुबन्ध गरेको छ । अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ब्यक्तिगत कारण आइपिएल गुमाउने भएपछि बेंगलोरले जम्पालाई भित्र्याएको हो । हाल जम्पा र रिचर्ड्सन इंग्ल्यान्डविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिजको लागि साउथह्याप्टनमा छन् । […]
September 1, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । तीन टि२० आई सिरिजको पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलई ५ विकेटले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको थियो । पाकिस्तान आजको […]