default_image

क्रिकेट

March 8, 2025

क्यान बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आफ्नो बार्षिक क्यालेन्डर आज सार्वजनिक गर्दैछ । क्यानले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो । गत वर्ष असोजमा निर्वाचित क्यानको कार्यसमितिले दोस्रो पटक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो। गत वर्ष पुसमा क्यालेण्डर सार्वजनिक भएको थियो। यो वर्ष क्यालेन्डर सार्वजनिकमा केही ढिलाई भएको क्यानका सचिव पारस […]

March 7, 2025

झापा इन्डो-नेपाल टि ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए […]

March 7, 2025

देवको नेतृत्वमा लुम्बिनी टोलीको घोषणा

सुमन अधिकारी ,बुटवल प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेशको टिमको नेतृत्व देव खनालले गर्ने भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघले शुक्रवार देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । संघका सचिव कैलाश रोक्का मगरका अनुसार नेपाली अन्डर–१९ का कप्तान समेत रहेका देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको […]

March 7, 2025

भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्दै

एजेन्सी – भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधिका लागि आमने सामने हुँदैछन् । भारत र न्युजिल्याण्डबीचको फाइनल आइतवार युएईको दुबई क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार दिउसो २ः४५ बजे सुरु हुनेछ । यी दुई टोली च्याम्पियन्स ट्रफीको उपाधिका दोस्रो पटक भिड्दै छन् । सन् २००० मा केन्यामा आयोजना भएको दोस्रो च्याम्पियन्स ट्रफीको फाइनलमा […]

March 7, 2025

नामिबियासँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको खेलमा शनिवार नामिबियासँग खेल्दैछ । नेपालले नामिबियाको महिला टोलीको पहिलाे पटक खेल्न लागेको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा […]

March 7, 2025

अंकितको कप्तानीमा कोशीको टिम घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सबैभन्दा बढी मोरङका ५ खेलाडी छन् । मोरङबाट दिपेश कडेल, फिर्दोस अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कू रहेका […]

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.