default_image

क्रिकेट

August 4, 2020

क्यानद्वारा प्रदेश र जिल्लालाई हालसम्मकै सर्वाधिक बजेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिल्ला र प्रदेशलाई हालसम्मकै सर्वाधिक बजेट उपलब्ध गराएको छ । क्यानले आइतबार आफ्ना ३९ मध्य २९ जिल्ला र ६ प्रदेशलाई तोकिएको रकम पठाएको हो । प्रत्येक जिल्लालाई ५० हजार र प्रदेशलाई १ लाखका दरले रकम पठाएको जनाएको छ । क्यानले इतिहासमा पहिलो पटक जिल्लालाई ५० हजार […]

August 4, 2020

अष्ट्रेलिया र वेस्टइन्डिजबीचको टि२० सिरिज स्थगित

एजेन्सी– अष्ट्रेलिया र वेस्टइन्डिजबीच अक्टोबरमा हुने तय भएको तीन टि२० सिरिज स्थगित भएको छ । कोराना महामारीका कारण स्थगित भएको सिरिज अष्ट्रेलियामा अक्टोबर ४, ६ र ९ मा हुने तालिका थियो । जुन सिरिजलाई अक्टोबर १८ देखि हुने टि२० विश्वकप अघि अभ्यासको रुपमा लिएको थियो । तर टि२० विश्वकप २०२१ सम्मलाई सरेपछि यस टि२० सिरिजलाई […]

August 3, 2020

आइपिएल २०२० : ५३ दिनमा ६० खेल

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण असोज पहिलो साता देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने भएको छ । आइतबार बसेको आइपिएल गभर्निङ काउन्सिलले यस संस्करणको आइपिएल असोज ३ देखि कात्तिक २५ (सेप्टेम्बर १९ देखि नोभेम्बर १०) सम्म गर्ने औपचारिक निर्णय गरेको छ । आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् […]

August 3, 2020

त्यो १ रनको पहिलो ओडिआई जित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्त्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन दुई वर्ष अघि नेदरल्यान्ड्सलाई १ रले हराउँदै अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता (ओडिआई) पहिलो जित निकालेको थियो । डेब्यु ओडिआई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध ५५ रनले पराजित भएको थियो । सिरिज […]

August 2, 2020

क्रिकेटको बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाउने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ । त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको पिसिआर परिक्षण पनि हुने छ […]

August 2, 2020

बेयरस्टो र राशिद चम्कँदा इंग्ल्यान्डलाई उपाधि

एजेन्सी – आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै २–० ले जितेको छ । इंग्ल्यान्डले दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । आयरल्यान्डले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३२.३ ओभरमा पूरा गरेको हो । इंग्ल्यान्डका ओपनर जोनी बयरस्टोले सर्वाधिक ८२ रनको योगदान दिए । जोश […]

August 1, 2020

ओडिआई डेब्युको दुई वर्षः आशा धेरै, सदुपयोग थोरै

भुपेन्द्र जिसी, काठमाडौं नेपालले दुई वर्षअघि नेदरल्यान्ड्सविरुद्ध खेल्दै आजकै दिन ओडिआई क्रिकेटमा डेब्यु गरेको थियो । नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एकदिवसिय खेल (ओडिआई) खेल्दाको आशा, उत्साह, हौसला र खुसी शब्दमा बयान गर्न सकिदैन । तर डेब्युपछि दुई वर्ष भने आशा अनुसार बित्न सकेको छैन् । डेब्यु पहिलो खेलमा बलिङमा उच्च प्रर्दशन गरेपनि कमजोर ब्याटिङको […]

July 31, 2020

दक्षिण अफ्रीकी कर्टिसको आयरल्यान्डबाट डेब्यु

एजेन्सी – युवा अलराउन्डर कर्टिस क्याम्फरले बिहिबार आयरल्यान्डबाट इंग्ल्यान्डविरुद्ध ओडिआई खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । तीन ओडिआई सिरिजको पहिलो खेलमा आयरल्यान्ड इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएपनि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका २१ वर्षिय अलराउन्डर कर्टिस क्याम्फरले सबैको मन जित्दै ध्यान केन्द्रित गरे । कर्टिसको जन्म सन् १९९९ अप्रिल २० मा दक्षिण अफ्रिकामा भएको हो । […]

July 31, 2020

विश्वकप सुपर लिगमा इंग्ल्यान्डको सानदार सुरुवात

एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि सुरुवात भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका […]

July 30, 2020

क्रिकेटको विद्युत समस्यामा कुलमानको द्रुत निर्देशन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत बुधबार मन्त्रालय पुगेर विद्युत समस्याबारे […]

Success

Thank you for your time.