March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण सन्दीप लामिछाने सम्मिलित एसिया ११ र विश्व ११ बीच हुने भनिएको दुई टि ट्वान्टी सिरिज स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डले बुधबार कोरोना भाईरसको कारण स्थगित भएको जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि ट्वान्टी कप बंगलादेश २०२० अन्तर्गत विश्व […]
March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब र बालुवाटार क्रिकेट क्लब मुलपानीमा जारी काठमाडौं जिल्ला सिनियर छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा बालुवाटारले हिमालय क्रिकेट एकेडेमीलाई १४ रनले तथा महावीरले न्युभिजनलाई ७५ रनले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको महावीरले निर्धारित २५ ओभरमा […]
March 10, 2020
एलेन्सी – इरफान पठानको आक्रामक अर्ध शतकमा भारत लेजेन्ड्सले लेजेन्ड्स वर्ल्ड सिरिजमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भारत लेजेन्ड्सले श्रीलंका लेजेन्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । एक समय हार […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला सिनियर छनोट प्रतियोगिता सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइलनमा महावीर क्लब र न्युभिजन क्लब भिड्ने छन् । त्यस्तै दोस्रो सेमिफाइनल बालुवाटार क्रिकेट क्लब र हिमालय क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने छ । दुवै सेमिफाइनल बुधबार मुलपानी क्रिकेट मैदानमा हुने छन् । मंगलबार न्युभिजनले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले […]
March 10, 2020
एजेन्सी – अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा आयरल्यान्ड सुपर ओभरमा विजयी भएको छ । यस हारका बाबजुद सिरिज भने अफगानिस्तानले २-१ ले जित्यो । जितका लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर प्याटियट्सले ट्यालेन्ट हन्टबाट एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि दुई युवा खेलाडी छनोट गरेको छ । साविक विजेता समेत रहेको ललिपुरमा युवा बायाँ हाते स्पिनर अरियो पौडेल र ब्याट्सम्यान बिभत्सु थापाले ट्यालेन्ट हन्टमार्फत स्थान बनाएका छन् । २ सय ३१ युवा खेलाडीबा अरियो र बिभत्सु छनोट भएको ललितपुरले जनाएको छ । […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पोखरा प्रिमियर लिग (पिपिएल) को फ्रञ्चाइज बुटवल ब्लास्टर्सले युवा क्रिकेटरहरुको विकासलाई लक्षित गर्दै झापाको पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र दमक क्रिकेट क्लबसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बुटवलले पेट्रियोटिक र दमकसँग आबद्ध युवा क्रिकेटरहरुलाई आफ्नो प्रशिक्षण शिविरका साथै हाई पर्फर्मेन्स क्याम्पमा पनि सहभागि गराउने छ । पेट्रियोटिक र दमकका खेलाडीहरुले बुटवलको […]
March 9, 2020
एजेन्सी – पहिलो टि ट्वान्टी खेलमा जिम्बावेमाथि घरेलु टोली बंगलादेशले सहज जित हात पारेको छ । सोमबार साँझ ढाकामा सम्पन्न खेलमा ४८ रनले हराउँदै बंगलादेशले दुई टि ट्वान्टीमा सिरिजमा १–० को अग्रता लिएको छ । जितमा लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको जिम्बावे १९ ओभरमा १ सय ५२ रनमा अल आउट भयो […]
March 9, 2020
भूपेन्द्र जिसी, काठमाडौं पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीबाट गरिने आशा र आउने नतिजा बिल्कुल फरक रहेको छ । ७ महिनाको अन्तरमा नेपालले दुई ठूला अवसर गुमायो । यसक्रममा नेपालले दुवै प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो । साउनमा सिंगापुरमा आईसीसी टि२० एसिया विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै टि२० ग्लोबल छनोटमा पुग्न सकेन । उक्त नतिजाको […]
March 9, 2020
एजेन्सी – बंगलादेश क्रिकेट बोर्डले सर्वाधिक सफल ओपनर ब्याट्सम्यान तमीम इकबाललाई एकदिवसिय टोलीको कप्तानमा नियुक्त गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै तमीम बंगलादेशको एकदिवसिय कप्तान रहेको जनाएको छ । मशरफे मोर्तजाले कप्तानी छाडेसँगै तमीम बंगलादेशका नयाँ ओडीआई कप्तान बनेका हुन् । मोर्तजा एक दिवसियमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् । सन् २०१० […]