November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि बुधवार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन ‘आइकोनिक खेलाडी’ बनेका हुन् । मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डु […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आसिसी क्रिकेट विश्वकप लिगन टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजको सबै खेल गुमाएको छ। आफ्नो अन्तिम खेलमा आज नेपाली टोली ४ विकेटले पराजित भएको छ। नेपालले अमेरिका र युएईसँगका समान दुबै खेल गुमाएको हो। नेपाल युएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीलाई २ सय ४० रनको मध्यम चुनौती दिएको छ। आइसिसी एकेडेमी दुबईमा टस जितेर युएईले नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो। नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई गुमायो। कुशल […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। सिरिजमा नेपालले यसअघि ३ खेलमा हार बेहोरेको छ । युएईले एक मात्र खेलमा नेपाललाई हराएको थियो। अमेरिकाले भने नेपाल र युएई दुबैलाई […]
November 4, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपिएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ ओडिआई खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा […]
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ। जर्सीमा प्रयोग भएको बैजनी रङले जोश , गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरि जर्सी निर्माण जनकपुर बोल्ट्सले जनाएको छ। सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले पहिलो सिजनमा च्याम्पियन […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याटर जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बिबिएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। टि ट्वान्टी क्रिकेटमा ४० खेल खेल्दै ९ सय ४५ रन बनाएका ब्राउनले एनपिएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे। ब्राउनले […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिगको टोली चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ । खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ इन्सोरेन्सले राइनोजसँग सहकार्य गरेको हो । आइतबार एक कार्यक्रममाझ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री आयुष […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित निकालेको छ। आज २ सय ९३ रनको लक्ष्य पछ्याएको युएई लाई ४९ रनमा अलआउट गर्दै अमेरिकाले २ सय ४३ जित हासिल गरेको छ। यो जितले अमेरिका लिग को अंक तालिकाको शीर्ष स्थानमा थप मजबुत भएको छ। साइतेजा […]