November 3, 2025
चितवन (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेसनल कन्सलटेन्सी पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबीच एनपिएलको आधिकारिक एजुकेसनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी गराएको हो । एक्सपर्ट एजुकेसनले अष्ट्रेलिया, बेलायत, क्यानडा, […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेको क्यानले जनाएको छ। सम्झौता यो वर्षका लागि भएको […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पुष महिनामा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोटको लागि अर्को सातादेखि तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार टोलीको तयारीका लागि सम्पूर्ण योजना बोर्डसमक्ष प्रस्तुत गरिएको छ । बोर्डबाट पास भएसँगै अर्को सातादेखि टोलीको क्याम्प सुरु हुनेछ । […]
November 3, 2025
एजेन्सी – भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईमा आइतवार २ सय ९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो। दीप्ति शर्माले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । जसले खेल भारतको पक्षमा निर्णायक बनायो। दक्षिण अफ्रिकाकी […]
November 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपकएल) टोली सुदूरपश्चिम रोयल्सले अर्को साता धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। ट्यालेन्ट हन्ट कात्तिक २३ र २४ गते धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुने बताइएको छ। ट्यालेन्ट हन्टमा सहभागी हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ । सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम […]
November 2, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले एनपिएलको दोस्रो सिजनको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास ‘ सार्वजनिक गरेको छ । एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । दर्शकको भावबाट लेखिएको सर्जक पराजुली बताएका छन् । एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएल को ट्रफी […]
November 2, 2025
एजेन्सी – न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टि ट्वान्टी आई क्रिकेटबाट सन्यास लिएका छन्। उनले आज सन्न्यासको घोषणा गर्दै अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका । उनले वेस्ट इन्डिजविरुद्ध डिसेम्बरमा हुने ३ टेस्टको सिरिजमा खेल्नेछन्। ३५ वर्षीय विलियमसनले सन् २०११ मा जिम्बाबेविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका थिए। उनले करियरमा ९३ खेल खेलेका छन् । […]
November 2, 2025
एजेन्सी – पाकिस्तानले लाहोरमा शनिवार भएको तेस्रो तथा निर्णायक टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको छ। तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिए र बाबर आजमले ४७ बलमा ६८ रनको उत्कृष्ट इनिङ्स खेलपछि घरेलु टोलीको जित निकालेको थियो। अफ्रिदीको बलिङमा दक्षिण अफ्रिका ९ विकेट गुमाउँदै १ […]
November 1, 2025
भुपेन्द्र जि.सी. आइसिसी विश्वकप लिग टु मा नेपाल आफ्नो १९ औं खेलमा शनिवार अमेरिकासँग ४ विकेटले हार्यो । नेपालले सुरुवाती २ खेलको तुलनामा सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि जित निकाल्न सकेन । युएई भ्रमणमा लगातार ३ हार ब्यहोरेपछि नेपालको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोट खेल्न र ओडिआई मान्यता निरन्तरता बचाउन पनि कठिन पर्नसक्ने देखिएको […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ। आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे । २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरमा ६ विकेट गुमाएर पूरा […]