default_image

क्रिकेट

September 19, 2023

क्यानले तिरेन खेलाडीको उधारो पारिश्रमिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट लिग, नेपाल टि२० को काठमाडौं नाइट्सका खेलाडीले लिग खेलेवापत पाउनुपर्ने पारिश्रमिक अझै पूरा नपाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडी र फिजियोले नेपाल टि२० लिगमा आफूले पाउनु पर्ने बाँकी […]

September 19, 2023

एसिया कप -भारतविरुद्ध सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने नेपाल

एजेन्सी – यसै साता सम्पन्न एसिया कप २०२३ को च्याम्पियन भारतविरुद्ध नेपाल पावर प्लेमा सबैभन्दा उत्कृष्ट क्रिकेट खेल्ने टोली बनेको छ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो । नेपालले श्रीलंकाको कान्डीमा भारतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाउँद ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालले पहिलो पावर […]

September 19, 2023

नेपाली युवा टोलीले पहिलो खेल इरानसँग खेल्ने

एजेन्सी – नेपाली यू१९ क्रिकेट टोलीले एसिसी यू१९ प्रिमियर कपमा पहिलो खेल इरानसँग खेल्ने भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिताबाट शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् । उपाधिको प्रमुख दाबेदार नेपालले असोज २५ (अक्टोबर १२) मा इरानसँग खेल्नेछ । त्यस्तै नेपालले असोज २८ (अक्टोबर १५) मा बहराइनसँग खेल्नेछ । […]

September 17, 2023

उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – साविक विजेता तथा उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने मजबुत टोली घोषणा गरेको छ । जस बटलरको कप्तानीमा इंग्ल्यान्डले युवा ब्याटर ह्यारी ब्रुकलाई टोलीमा समेटेको छ । यसअघि प्रारम्भिक टोलीमा ब्रुक थिएनन् । इंग्ल्यान्डले २०१९ मा विश्वकप उपाधि जित्दा ९ खेलाडीलाई भारतमा हुने विश्वकपको लागि निरन्तरता दिएको छ […]

September 17, 2023

कुलदीप एसिया कपको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – भारतीय स्पिनर कुलदीप यादव २०२३ एसिया कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई च्याम्पियन बनाउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका कुलदीप प्लेयर अफ द टुनामेन्ट(सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । कुलदीपले ५ खेलमा ९ विकेट लिएका थिए । नेपालसँगको खेलमा कुलदीप विकेटविहीन बनेका थिए । कुलदीपले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चिदा विकेट लिन […]

September 17, 2023

भारतलाई आठौं पटक एसिया कपको उपाधि

एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका शुभमन गिल १९ बलमा […]

September 17, 2023

शिराजको पाँच विकेट, श्रीलंकाको लज्जास्पद ब्याटिङ

एजेन्सी – भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले एसिया कपको फाइनलमा घरेलु टोली श्रीलंकाविरुद्ध पाँच विकेट पूरा गरेका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ६ ओभरमा ६ विकेट गुमाउँदै १३ रन बनाएको छ । कुशल मेन्डिस ५ र दुनिथ वेलालागे १ रनमा क्रिजमा छन् । श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल […]

September 17, 2023

शिराजले लिए एकै ओभरमा चार विकेट

एजेन्सी – भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले एसिया कपको फाइनलमा घरेलु टोली श्रीलंकाविरुद्ध एकै ओभरमा चार विकेट लिएका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ४ ओभरमा ५ विकेट गुमाउँदै १२ रन बनाएको छ । क्रिजमा कुशल मेन्डिस ५ र दासुन शानका हुनेछन् । श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई […]

September 17, 2023

श्रीलंकाले टस जित्यो

एजेन्सी – श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज […]

September 17, 2023

एसिया कपको फाइनलका सबै टिकट सकिए

एजेन्सी – एसिया कप २०२३ मा भारत र श्रीलंकाबीच हुने फाइनल खेलेका सबै टिकट सकिएका छन् । यस प्रतियोगितामा पहिलो पटक सबै टिकट बिक्री भएका हुन् । भारत र श्रीलंकाबीच फाइनल आज दिउँसो ३:१५ मा कोलोम्बोमा हुँदैछ । उक्त खेल हेर्न पाकिस्तान क्रिकेट बोर्डले २ देखी १ सय २५ डलर सम्म मूल्य राखेको थियो । […]

Success

Thank you for your time.