November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३ खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्। राइफरलाई […]
November 11, 2024
एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजमाथि लगातार दोस्रो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले घरेलु टोलीलाई सोमवार बिहान सकिएको खेलमा ७ विकेटले हरायो । इङ्ग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । १ सय ५९ रनको लक्ष्य इङ्ग्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टोलीका कप्तान […]
November 11, 2024
एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय […]
November 10, 2024
एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ । दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । १ सय २५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दक्षिण […]
November 10, 2024
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ । भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । […]
November 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालको कसिलो बलिङ जारी रहदा थाइल्याण्ड पराजित भएको छ । आइतवार युएईको अजमानमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै खेल फराकिलो अन्तरले जितेको हो । चौथो खेलमा तेस्रो जित निकाल्नेक्रममा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो । […]
November 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्यनण्डविरुद्ध टस जितेको छ । युएईको अजमानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी छिन् । नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कुशुम गोदार, तृषना विक, रचना चौधरी, रिया शर्मा, […]
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि बाटो खुलेको छ। एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट […]
November 10, 2024
एजेन्सी – पाकिस्तानले अस्ट्रेलियामा २२ वर्ष पछि ओडिआई सिरिज जितेको छ । आईतवार सम्पन्न तेस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ पाकिस्तानले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । पहिलो ओडिआई अस्ट्रेलियाले जितेको थियो । पाकिस्तानले दोस्रो र तेस्रो खेलमा जितका साथ सिरिज आफ्नो बनाएको हो । अस्ट्रेलियाले दिएको १ सय ४१ […]
November 10, 2024
सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]