default_image

क्रिकेट

March 19, 2022

एसिया कप भदौमा हुने

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना एसिया कप टि२० प्रतियोगिता भदौं ११ देखि २६ गते (२७ अगष्ट देखि ११ सेप्टेम्बर) सम्म श्रीलंकामा हुने भएको छ । श्रीलंकामा शनिबार बसेको एसिसी वार्षिक साधरण सभाले उक्त निर्णय गरेको हो । प्रतियोगितामा एसियाका पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँगै छनोट हुने एक एसोसिएट […]

March 19, 2022

काठमाडौंमाथि धादिङको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा जारी प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा धादिङले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै इतिहास रचेको छ । आधिकारीक प्रतियोतियोगितामा घरेलु क्रिकेटको उदयीमान टोली धादिङले काठमाडौंलाई पहिलो पटक हराउँदै ऐतिहासिक जित निकालेको हो । चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा निर्माणधिन गौतम बुद्ध रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको […]

March 19, 2022

भारतमाथि सानदार जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा अष्ट्रेलियाले भारतमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । शनिबार अष्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै पाँच खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । २ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान मेग ल्यानिङले १ सय ७ […]

March 19, 2022

मुस्तफाको जिम्मेवारी इनिङमा युएईको साख जोगियो

एजेन्सी – अलराउन्डर रोहन मुस्तफाको जिम्मेवारी अर्धशतकमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईले पपुवा न्युगिनीलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ ५० ओभरमा १ सय ४७ रनमा अल आउट भयो । युएईका लागि रोहन मुस्तफाले १ सय ४४ बलमा ११ चौका […]

March 19, 2022

घरेलु टोली दक्षिण अफ्रिका बंगलादेशसँग पराजित

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिका बंगलादेशसँगको पहिलो ओडिआई खेलमा ३८ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भ्रमण टोली बंगलादेशले १–० को अग्रता लिएको छ । सुपर स्र्पोटपार्क सेन्चुरियनमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । बंगलादेशका सकिब अल हसनले […]

March 18, 2022

नेपालले युएईसँग हार्नुको पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल शुक्रबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग ४८ रनले पराजित भएको छ । मध्यम विजयी लक्ष्य पछ्याएपनि खराब ब्याटिङको कारण नेपालले लज्जास्द हार बेहोर्न पुग्यो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएई १ सय ६८ रनमै अल आउट भएको थियो । युएईका रोहन मुस्तफा […]

March 18, 2022

नेपालको युएईसँग लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङको कारण नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल शुक्रबार युएईसँग ४८ रनले पराजित हुन पुग्यो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भयो । […]

March 18, 2022

नेपालको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा ५ विकेट गुमाउँदै ८५ रन बनाएको छ । रोहित कुमार पौडेल ४२ बलमा ३ चौकासहित ३२ रनमा अविजित छन् । सोमपाल कामीले […]

March 18, 2022

सोमपालको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले नेपाललाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । युएईका अनुभवी बायाँ हाते […]

March 18, 2022

महिला विश्वकपमा वेस्टइन्डिजको रोमान्चक जित

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा वेस्टइन्डिजले बंगलादेशमाथि रोमान्चक जित हात पारेको छ । वेस्टइन्डिजले बंगलादेशलाई ४ रनले हराउँदै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १ सय ४१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेश ४९.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । बंगलादेशकी नहिदा अख्तरले ६४ बलमा ३ चौकासहित सर्वाधिक […]

Success

Thank you for your time.