default_image

फेयर प्ले

August 17, 2025

एनओसी विवादमा प्रधानको उल्टो बाटो

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]

August 3, 2024

यो मेरो होइन ‘हाम्रो खेलकुद’को यात्रा हो

नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]

March 7, 2024

एन्फा : साधारण सभामा सफल, फुटबलमा असफल

फेयर प्ले प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चुनिएको २० महिना पूरा भइसकेको छ । यो डेढ वर्ष भन्दा लामो समयमा एन्फामा साधारण सभा गर्नबाहेक अधिकांश मामिलामा असफल रहँदै आएको छ । वर्षदिन भन्दा अघि तय विश्वकप छनोट खेलका लागि दशरथ रंगशाला तयार अवस्थामा राख्न नसक्ने एन्फाबाट अरु के नै अपेक्षा […]

October 1, 2023

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […]

October 17, 2022

गण्डकीको साथ पाउन चुकेको नवौं राष्ट्रिय खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, पोखरा पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् । त्रिभुवन आर्मी […]

July 14, 2022

एन्फा अध्यक्ष नेम्बाङलाई चुनौतीसँगै अवसर पनि

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो ६ वर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तीन पटक परिवर्तन भइसकेको छ । यो नियमित परिवर्तनअघि भने गणेश थापाले दुई दशक भन्दा लामो समय एन्फाको नेतृत्व सम्हालेका थिए । थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि उनकै कार्यसमितिमा रहेर विभिन्न भूमिकामा काम गरेका मध्य तीन जना पालैपालो नेतृत्वमा […]

August 1, 2021

व्यक्तिगत ‘इगो’ मा अल्मलिएको फुटबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ । एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ […]

May 29, 2021

प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

प्रकाश तिमल्सिना, काठमाडौं इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् । विश्व कप २०२२ र […]

May 27, 2021

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबल अप्रत्यासित र अस्थिर छ । फुटबलको आउने दिन कसरी अघि बढ्छ कसैले यकिन साथ भन्न सक्दैन । अस्थिर हुनुका थुप्रै कारण हुन सक्छन् । न त त्यसको गहिरो अध्ययन भएको छ न विश्लेषण । सरसर्ती हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द्वले घरेलु फुटबलको क्यालेन्डर पूरै […]

Success

Thank you for your time.