February 11, 2019
एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको छ । धनगढीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य काठमाडौंले ६ विकेटको क्षतिमा एक बल बाँकी रहँदा पूरा गर्यो । अन्तिम ओभरमा ८ रन आवश्यक पारेको स्थितिमा महबुब आलम र विक्रम भुसालले काठमाडौंलाई […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – ब्याट्सम्यान अमित श्रेष्ठले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितको लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेची नेत्रालय काकरभिट्टा फुटबल टेनिङ सेन्टरलाई सडन डेथमा हराउँदै सिएमजी क्लब संकटा बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार उद्घाटन खेल सडन डेथसम्म पुग्दा पनि खराब प्रकाशका कारण खेल स्थगित गर्नुपरेको थियो । समान ११ खेलाडीले पेनाल्टी हान्दा पनि नतिजा नआएको खेल सोमबार त्यहिबाट सुरु हुँदा संकटाले बाजी […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कपअन्तर्गत दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपाल प्रतियोगिताको फाइनल पुग्ने आशा जीवित राख्न जित दर्ता गर्नुपर्ने दबाबमा हुनेछ । यद्यपी नेपालले अहिलेसम्म भारतलाई पराजित […]
February 11, 2019
एजेन्सी – युरोपको महारथी क्लब युभेन्ट्सले इटालियन सिरी ए मा अपराजित यात्रालाई कायम राख्दै आइतबार सासुओलोलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै शीर्षस्थानमा युभे ११ अंकले अगाडी रहेको छ । युभेन्ट्सको जितमा सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्रे च्यानले १-१ गोल गरे । सासुओलोले खेलको सुरुवाती समयमा दबा कायम गरेपनि गोल गर्न सकेन […]
February 11, 2019
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी सुरुवाती रोजाईमा फर्किएको खेलमा एथलेटिक बिल्बाओले आफ्नो घरेलु मैदान सान मामेसमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । लगातार तेस्रो खेल बराबरी खेलेको बार्सिलोनाले यससँगै शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ । बुधबार कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडविरुद्ध १-१ को बराबरीमा बेन्चबाट मैदान छिरेका मेसी बिल्बाओविरुद्ध भने […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धन राशीको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । आज दुई खेल हुने छन् । पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिसप्रर्धा गर्ने छन् । खेल विहान ९ बजेदेखी सुरु हुने छ । दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट […]
February 10, 2019
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो । लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानको […]
February 10, 2019
झापा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले शनिबार बिर्तामोडमा भएको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट पुरुष र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेका हुन् […]