default_image

Featured

February 12, 2019

युनाइटेडमा पोग्बाको प्रभाव !

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजले पछिल्लो एक महिनामा पाउल पोग्बाका कारण टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव परेको बताएका छन् । जोसे माउरिन्होको बर्खास्ती पछि टोलीमा आएको परिवर्तनका बारेमा पनि सान्चेज बोलेका छन् । माउरिन्होको बर्खास्तगी र कार्यवहाक प्रशिक्षकका रुपमा सोल्सेजरको आगमन पछि पोग्बाले ७ गोल गरिसकेका छन् । पोग्बालाई मिडफिल्डमा नेमान्जा माटिच र आन्द्रे […]

February 12, 2019

‘भारतलाई उसकै मैदानमा दबाबमा राख्यौं’ – फरवार्ड सावित्रा भण्डारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित रच्यो । उक्त जितमा नेपालका लागि दुवै गोल गरेकी सावित्रा भण्डारीले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी व्यक्त गरिन् । सावित्राले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालले […]

APF win

February 12, 2019

न्यु डायमन्ड र एपीएफबीच उपाधि भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधका लागि भिड्ने भएका छन् । गत संस्करण पनि यिनै दुई टोली भिड्द एपीएफले बाजी मारेको थियो । साविकको उपविजेता न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई तथा एपीएफले […]

February 12, 2019

अन्यौलमा अनाधिकृत दाउफिन्स !

सुबास हुमागाईं, काठमाडौं पछिल्लो समय नेपालका प्रतिष्ठित मोफसल फुटबल प्रतियोगितामा विदेशी खेलाडी सम्मिलित क्लब दाउफिन्स टिम फ्यामिलीको नाममा प्रतिस्पर्धा गर्यो । आइतबार भएको पोखरा कपको फाइनलमा दाउफिन्सले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै उपाधि नै जित्यो । तर उक्त क्लब अनाधिकृत रुपमा नेपालका प्रतियोगिताहरु खेलिरहेको खुलासा भएको छ । खप्तड गोल्डकप खेल्नका लागि नेपाल […]

February 12, 2019

भारतीय टोली दालहौसलाई हराउँदै आयोजक धरान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक धरान फुटबल क्लब भारतको दालहौस एथलेटिक फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भएको खेलमा आयोजक २-० ले विजयी रहयो । खेलको नवौं मिनेटमा धरानले सुरुवाती अग्रता लिएको थियो । मिलन राईले मिडफिल्डबाट एक्लै बढाएर लगेको बललाई पेनाल्टी क्षेत्रभित्रबाट […]

February 12, 2019

चोटले ग्रस्त पीएसजीलाई युनाइटेडको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तरगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राती इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बीच प्रतिस्पर्धा हुदैछ । पहिलो लेगको खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा नेपाली समयानुसार राति १ः४५ बजे हुदैछ । घरेलु टोली म्यानचेस्टर युनाइटेड चोटले ग्रस्त पीएसजीलाई पराजित गर्दै क्वाटरफाइन पुग्ने लक्ष्यमा मैदान उत्रनेछ […]

February 12, 2019

रुपन्देहीको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी पुनित मेहेराको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । रुपन्देहीले सहज जित दिलाउन आक्रमक रुपमा ब्याटिङ […]

February 12, 2019

विराटनगरद्वारा रुपन्देहीलाई ९४ रनको लक्ष्य

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जसलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको ९३ क्षतिमा रन बनायो । विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरुवात विराटनगरको पनि खराव रह्यो । पहिलो ओभरको अन्तिम […]

February 12, 2019

अत्तरिया ५ रनले विजयी, धनगढीको लगातार हार

धनगढी (हाम्रो खेलकुद) – स्पिनरहरुले कसिलो बलिङ गरेपछि सीवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिगको तेस्रो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । जितमा लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० अोभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो ‌ । अन्तिम अोभरमा जितका लागि १८ रन अावश्यक परेको स्थितिमा राजु रिजालले कमलसिंह एेरीको […]

February 12, 2019

‘भारतलाई हराउने टोलीको लक्ष्य पूरा’ – प्रशिक्षक हरि खड्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । सावित्रा भण्डारीले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । प्रशिक्षक हरि खड्काले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै खेलको सुरुवाती समयमा आक्रमण गर्ने योजना सफल हुँदा […]

Success

Thank you for your time.