default_image

Featured

January 4, 2016

साफ यु-१९ विजयी टोलीका छ खेलाडी राष्ट्रिय टोलीमा

बंगबंधु गोल्ड कपका लागि घोषित टोलीमा छ जना खेलाडी यु-१९ साफ च्याम्पिएनसिप विजयी टोलीका सदस्य रहेका छन्| बालगोपाल महर्जन प्रशिक्षक रहेको टोलीमा उपेन्द्रमान सिंह गोलरक्षक प्रशिक्षक रहने छन्| महर्जन यु-१९ टोलि विजेता हुदा मुख्य प्रशिक्षक थिए भने सिंह यु-१६ टोलीका मुख्य प्रशिक्षक हुन्| यु-१९ टोलीका कप्तान विमल घर्ति मगर, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर तेज तामाङ्ग, […]

Nepali Coach Patrick Aussems

January 4, 2016

ओजेम्स राष्ट्रिय टोलीबाट निष्काशित

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओजेम्स जनवरी ८ देखि सुरु हुने बंगबंधु गोल्ड कपमा टोलीमा सामेल नहुने एन्फाले जनाएको छ| आज घोषित टोलीमा प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिईएको र उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक रहने कुरा एन्फाले खुलाएको छ| केहि दिन अघि मात्र ओजेम्सले ट्वीटर मार्फत आफुले आफ्नो सम्झौता नवीकरण नगर्ने भनेका थिए| पारिवारिक कारणले […]

January 4, 2016

रोहितले मलेसियामा व्यवसायिक फुटबल खेल्ने

राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्| भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए| रोहितकै पुर्व क्लब  […]

Light Training

January 4, 2016

बङ्गाबन्धु कपको लागि टिम घोषणा

पुष २० गते, काठमाडौं । अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ । प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट […]

January 3, 2016

भारत साफ च्याम्पियन

अतिरिक्त समयमा सुनिल क्षेत्रीको गोलको मद्दतले भारतले अफगानीस्तानलाई साफ सुजुकी कपको फाइनलमा २-१ले पराजित गरेको छ| त्रिबेन्द्रमस्थित ग्रिन्फिल्ड स्टेडिएममा भएको फाइनल खेलमा खेलको ७०औं मिनेटमा अमिनिको गोलले अग्रता लिएको थियो| तर सो गोल भएको दुइ मिनेट नबित्दै जेजे लाल्पेख्लुआले गोल गर्दै भारतलाई ७२औ मिनेटमा बराबरीमा ल्याए| खेलमा त्येसपछि गोल भएन र खेल अतिरिक्त समय तर्फा […]

January 3, 2016

भानुभक्तस्कुलमा खेलकुद मोहत्सव हुने

काठमाडौको पानीपोखर्रीस्थित भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयले स्थापनाको स्वर्ण जयन्तीको अवसरमा माघको पहिलो साता खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । बिद्यालय प्रशासनले आज पत्रकार सम्मेलन गरि आगामी माघ २ देखि ९ गतेसम्म बिद्यालयस्तरीय खेलकुद मेलाको आयोजना गर्ने जानकारी दिएको हो । खेलकुद सप्ताहमा अन्तर बिद्यालयस्तरीय बास्केटबल र टेवलटेनिस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा काठमाडौं […]

January 3, 2016

आहा! रारा गोल्डकपको दर्शकलाई १ तोलाको सिक्का

मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संष्करणको तयारी तिव्र पारिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आउदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारुी तिव्र पारिएको आयोजक सहारा क्लवले आज (आईतबार) पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएको […]

lalitpur

January 2, 2016

ललितपुरमा मार्पोलाई अध्यक्षको जिम्मेवारी

जाउलाखेल मार्सलआर्ट सेन्टरका मार्पो लामाले राप्रपा नेपालको ललितपुर जिल्ला खेलकुद बिभागको अध्यक्षको जिम्मेवारी पाएका छन् । राप्रपा नेपाल केद्रिय खेलकुद बिभागको रोहवरमा मार्पोकोअध्यक्षतामा २१ सदस्य कार्य समितिको गठन गरेको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री बिराज बहादुर बिष्ट, राप्रपा नेपाल केद्रिय खेलकुद बिभागका अध्यक्ष लोकवहादुर शाहीलगायतले शुभकामना मन्तब्य दिएका थिए […]

Bajracharya

January 2, 2016

वज्राचार्यको निरन्तरता

तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) का मिक्स डबल्सका कांस्य विजेता धर्ममान वज्राचार्यलाई अध्यक्षमा निरन्तरता दिदै काठमाडौं जिल्ला टेबलटेनिस संघको साधारणसभाले ८ सदस्यीय जिल्ला कार्यसमिति शनिबार चयन गरेको छ । निर्विरोध चयन भएका वज्राचार्यको यो लगातार तेश्रो कार्यकाल हो । त्यस्तै धर्म शाहीले उपाध्यक्ष, राकेश श्रेष्ठले सचिव तथा सुरज केसीले कोषाध्यक्षको जिम्मेवारी पाए । […]

Bal Upen

December 31, 2015

बंगबन्धु प्रशिक्षण जिम्मा बाल गोपाल र उपेन्द्रलाई

सोमबार साझ आफ्नो व्यक्तिगत कारणले फ्रान्स गएका राष्ट्रिय टोलिको प्रशिक्षक ओजेम्सको अनुपस्थितिमा जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको तयारी टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जन र उपेन्द्र मान सिंहले समाल्ह्ने छन । आगामी आइतबार देखी सुरु हुने भनिएको प्रशिक्षणमा नेपालको यु २३ खेलाडीहरु समावेश हुने छन । मलेशिया आयोजक बंगलादेश र श्रीलंकासँग समुह चरणमा परेको […]

Success

Thank you for your time.